१४ मंसिर २०८३, आईतवार

गुट उपगुट विर्सिँदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउन लाग्नुस्ः गिरी

एसीपी संवाददाता

२९ फाल्गुन २०७८, आईतवार १३:४१ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेसको चुनाव लक्षित एक महिने अभियान आजदेखि देशभर एकसाथ शुरु भएको छ । अभियानको बाँकेमा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले उद्घाटन गरेका छन् । ‘घर-घर जाउँ, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका गिरीले गुट उपगुट विर्सिँदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउनतर्फ लाग्न निर्देशन दिएका छन् ।

बोलीमा मात्र एकताको कुरो नभई व्यवहारमै हार्दिकता प्रदर्शन गर्दै हृदय हृदय मिलाएर अभियानमा खट्न उनले निर्देशन दिए । “टिम स्पिरिटका साथ लाग्नुस्, सबै पालिका र वडामा हामीले जित्नुपर्दछ, बाँके कांग्रेसका लागि ऐतिहासिक जिल्ला हो, हामीलाई अब अल्मिलिने छुट छैन, सबैतिर विजय हासिल गर्ने गरी लाग्नुस्,” केन्द्रीय सदस्य गिरीले भने । केन्द्रीय सदस्य गिरीले जित्ने मान्छेलाई टिकट दिनुपर्ने सबैको मान्यता भएपनि जित्ने मान्छे को हो भन्ने कुरा पत्ता लगाउन यो अभियानले सहयोग गर्ने बताए ।

विभिन्न पार्टीले नक्कली नारा दिएको भन्दै उनले ती भ्रमहरुलाई चिर्दै घर-घरमा पुग्न स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एमसीसी मुलुकको हितमा रहेकाले यसका बारे फैलाइएको अफबाह चिर्न कार्यकर्तालाई निर्देशन दिए । सबै क्षेत्र अस्तव्यस्त भएको र संविधान मिचिएको बेला कांग्रेसले सत्ता सम्हालेको कुरालाई पनि जनतामाझ स्पष्टसंग राख्न गिरीले आग्रह गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x