१४ मंसिर २०८३, आईतवार

भीम रावलले अति गरेपछि प्रधानमन्त्री देउवाले मुख खोले, सत्ता नपाउँदा खोक्रो कुरा नगर्न चेतावनी

एसीपी संवाददाता

३० फाल्गुन २०७८, सोमबार १३:४७ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका सांसद भीम रावललाई खोक्रो राष्ट्रवादी नबन्न चेतावनी दिएका छन् ।

आफैं मन्त्री बनेर एमसीसी सम्झौता गर्ने र अहिले सत्ता बाहिर हुँदा राष्ट्रघाती बनेर नक्कली राष्ट्रवाद नदेखाउन प्रधानमन्त्री देउवाले रावललाई चेतावनी दिएका हुन् ।

रावलले एमसीसीका नाममा अति अराजकता देखाएपछि लामो समयपछि प्रधानमन्त्री देउवाले मुख खोलेका हुन् ।

नुवाकोटको नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसीमा पहिले रावलको दिमाग खुस्किएको थियो? भन्दै प्रश्न गरे ।

‘एमसीसीमा मैले केही भन्नै पर्ने भो। संसद्बाट पास गर्नुपर्ने भो भनेर केपी शर्मा ओलीजी प्रधानमनत्री हुँदा संसदमा पेस गर्नु भएको हो। त्यसबेला अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो,’ आक्रोशीत देखिएका देउवाले भने, ‘भीम रावलजी सबैभन्दा बढी एमसीसीको खिलापमा हुनुहुन्छ। रक्षामन्त्री हुँदा भीम रावलले के हेरर बसे त्यसबेला? त्यसबेला किन राजीनामा दिएनन् राजीनामा दिनुपथ्यो। दुई जिब्रे कुरा गर्न पाइन्छ? अहिले पास गर्न खोज्दा किन टाउको दुख्ने? अरुलाई दुखेको छैन ? उसबेला दिमाग खुस्क्या थ्यो ? त्यसबेला किन बोल्नु भएन लाज छैन?’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x