१४ मंसिर २०८३, आईतवार

भारतको सैन्य एकेडेमीमा महिलालाई भर्ना अनुमति

एसीपी संवाददाता

३० फाल्गुन २०७८, सोमबार १४:२५ मा प्रकाशित

काठमाडौँ — भारतीय सेनाको १ सय वर्षे इतिहासमा भारतीय सैन्य कलेजमा ३० वर्षयता पहिलोपटक महिला सैनिकलाई भर्ना दिइएको छ । देहरादुनस्थित सैन्य तालिम केन्द्रमा आगामी सत्रका लागि जुलाईदेखि महिला सैनिक भर्ना हुँदै छन् ।

देहरादुनस्थित राष्ट्रिय सैन्य प्रतिष्ठानलाई देशकै प्रतिष्ठित मानिन्छ । जहाँ एक पटकमा २५० सैन्य अधिकृतहरू भर्ना हुने गर्छन् । १९९२ मा पहिलो पटक एक महिला सैनिकले भर्ना पाएकी थिइन् । १९९२ मा भर्ना पाएकी महिला सैनिक स्वर्णिमा थपियाल पछि मेजरसम्म बनेकी थिइन् ।

जुन अस्थायी रुपमा खुलाइएको थियो । तर त्यसपछि लामो समयसम्म महिलाका लागि एकेडेमीमा भर्ना बन्द नै गरियो । त्यस विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो । २०२० मा उक्त मुद्दामाथि सर्वोच्चले गरेको फैसलापछि महिला सैनिकले औपचारिक रुपमा भर्ना पाएका हुन् ।

एकेडेमीमा महिला सैनिकका लागि पनि सिट आरक्षण गर्नुपर्ने भन्दै मुद्दा परेको थियो । तर उक्त मुद्दाको फैसलासँगै यसै वर्ष यहाँ पाँच छात्राहरूलाई भर्ना अनुमति दिइएको छ। यसपटक पाँच सिटका लागि देशभरबाट ५ सय भन्दा धेरै छात्राहरूले आवेदन दिएका थिए ।  सन् १९२२ मा तत्कालीन अंग्रेज सरकारले नै यो एकेडेमी सुरु गरेको थियो । तर पुरुष सैनिकहरूका लागि मात्रै सीमित थियो । भारतीय सेनामा पछिल्लो केही वर्षयता महिलाहरूको संख्या तीव्र रुपमा बढेको बताइन्छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x