१४ मंसिर २०८३, आईतवार

सडकदेखि महलमा बस्नेले गर्वले कांग्रेसी हुँ भन्छन् , कांग्रेसलाई जनताले रोज्छ- युवा नेतृ अधिकारी

एसीपी संवाददाता

१ चैत्र २०७८, मंगलवार ०१:४७ मा प्रकाशित

काठमाडौं। स्थानीय निर्वाचनको माहोल तातिरहेको बेला चर्चीत कांग्रेस युवा नेतृ गोरखाकी महासमिति सदस्य तथा गण्डकी प्रदेश सदस्य शोभा अधिकारीले कांग्रेस नै जनताको भरोसाको पार्टी रहेको बताएकी छन् ।

कांग्रेसले हरेक जिवनका खाँतिर काम गर्दै आएको बताउँदै उनले भनिन्, ‘कांग्रेस युवाहरूको पार्टी हो, महिलाहरूको पार्टी हो, दलितको पार्टी हो, जनजातीआधिबासीको पार्टी हो,मधेसीको पाटी हो, बुद्धिजीवीहरूको पार्टी हो ।’

‘गरिब, मजदुर, सुकुमबासी, सडकदेखि महलमा बस्नेहरूलेसमेत गर्वका साथ म कांग्रेस हुँ ,कांग्रेस समर्थक हुँ भन्न सक्ने जनताको भरोसाको पार्टी नेपाली कांग्रेस’ रहेको बताएकी हुन् ।

नेतृ शोभा अधिकारीले युवामा, महिलामा, साथै श्रमिक, किसानदेखि मजदुरमा जुन जनाधार छ त्यसलाई राम्रोसँग परिचालन गर्दै प्रत्येक वार्ड समितिले सहि ढंगले पार्टीले गरेका  जनपक्षिय कामहरू जनतालाई बुझाउने हो भने स्थानीय निर्वाचनमा कांग्रेसको जितलाई कसैले रोक्न नसक्नेसमेत बताएकी छन् ।

‘हाम्रो लडाई रोग, भोक, अभाव, कुरीति, कुसंस्कार,गरिबी र समाजमा व्याप्त अन्याय, अत्याचार, बलात्कार, सामाजिक, साँस्कृतिक, आर्थिक असमानता र अन्यायको बिरुद्दमा हो,’ नेतृ अधिकारीले भनिन् ।

‘सामाजिक न्याय र समान अवसरका लागि पनि नेपाली जनताले कांग्रेसलाई भोट दिन्छन । देशमा शान्ति सुव्यवस्था ल्याउन, सामाजिक असमानता हटाउन, अनुशासन, नियम कानूनको कार्यान्वयन गर्न, समाजका विकृति, विसंगति हटाउन, हत्या, हिंसा, बलात्कार, अन्याय, अत्याचार न्युनिकरण गर्न, राष्ट्र र राष्टियताको छवी उच्च बनाउन, समाज र देशलाई बिकास र समृद्ध बनाउन पनि कांग्रेसले जित्नु आवश्यक रहेको छ,’ नेतृ अधिकारीले भनिन् ।

कांग्रेसमा नेतादेखि कार्यकर्ता सबै एकढिक्का रहेकोसमेत नेतृ अधिकारीले बताएकी छन् । ‘एजेण्डाको बिषयमा हाम्रा जनपक्षिय एजेन्डा छन ति जनताको पक्षमा स्पष्ट छन्  र हाम्रो बाटो स्पष्ट छ, त्यो हो भ्रष्टाचारलाई शुन्य बनाउने अनी विकास गर्ने । सामाजिक र आर्थिक एजेण्डा कांग्रेसमा जस्तो अरू कहीँ, कसैसँग छैन्, तसर्थ सामाजिक न्यायसहितको आर्थिक क्रान्तिको स्पष्ट एजेण्डा बोकेको कांग्रेसलाई जनताले रोज्नु पर्छ,’ कांग्रेसकी चर्चित युवा नेतृ अधिकारीले भनिन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x