१४ मंसिर २०८३, आईतवार

पाकिस्तानसँग अब पाँच दिन मात्रै डिजेल बाँकी

एसीपी संवाददाता

२ चैत्र २०७८, बुधबार १४:१३ मा प्रकाशित

पाकिस्तानमा मुद्रास्फीतिको बीचमा अहिले डिजेलको संकट उत्पन्न भएको छ । त्यसयता मुद्रास्फीतिको मुद्दामा असफल हुँदै आएको इमरान खान सरकारका लागि नयाँ समस्या खडा भएको छ । प्राप्त जानकारी अनुसार पाकिस्तानसँग अब पाँच दिन मात्रै डिजेल बाँकी छ ।

पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनको रिपोर्टका अनुसार पाकिस्तानमा पाँच दिनको डिजेल स्टक मात्र बाँकी छ । सन् २००८ पछि युद्धका कारण यस्तो अवस्था आएको यो पहिलो पटक हो । यसै क्रममा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ११२ डलरको नजिक पुगेको छ, जुन रुस–युक्रेन युद्ध सुरु हुनुअघि ९४ डलर प्रति ब्यारेल थियो ।

सरकारी तेल मार्केटिङ कम्पनी पाकिस्तान स्टेट आयल (पीएसओ) ले ऊर्जा मन्त्रालयका महानिर्देशकलाई पठाएको पत्रमा यो अवस्थाको जानकारी दिएको हो । तेल कम्पनीहरूको एक निकाय, तेल कम्पनी सल्लाहकार परिषद (OCAC) ले पहिले नै पाकिस्तान सरकारलाई विश्वव्यापी स्टक अभावका कारण डिजेल अभावको संकटको बारेमा चेतावनी दिएको थियो। संकट निम्त्याएको अर्को कारण पनि थियो । पाकिस्तानी बैंकहरूले पनि तेल कम्पनीहरूलाई उच्च जोखिमको श्रेणीमा राखेर ऋण दिन अस्वीकार गरेका थिए।

तेल कम्पनी सल्लाहकार परिषद्ले पनि यस सम्बन्धमा हस्तक्षेप गर्न पाकिस्तानी केन्द्रीय बैंकका गभर्नरलाई पत्र लेखेको थियो। सन् २०२२ को जनवरीदेखि मार्चसम्म डिजेल आयातमा २ लाख ५ हजार मेट्रिक टनले कमी आएको छ । जसका कारण अहिले पाकिस्तानमा यो संकट गहिरिँदै गएको देखिन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x