चीनमा फेरि कोभीड १९ ओमिक्रोन फैलिदा ३ करोड मानिस प्रभावित
कुनै बेला चीनमा शुरु भएको कोरोना महामारीले पुरै बिश्व लाई तहस नहस बनाउनेतर्फ जादा चीन मौन बस्यो । वुहानमा कहाँ कसरी शुरु भयो कोरोना भाईरस यश बारेमा अनुसन्धानमा पनि सहयोग गरेन अहिले पुनः चीनमा कोरोनाका कारण ३ करोड भन्दा धेरै मानिस थुनिएका छ्न । चीनमा बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन्।चीन असफल किन भयो कोरोना संक्रमण रोकथाम गर्नमा ? आखिर चीनमा वुहानको उदाहरण दिदा पनि पटक पटक चीनमा किन कोरोना दोहरिने गरेको छ ?
मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए। यो सोमबारको तुलनामा दोब्बर सख्या हो। उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ। चीनले आफ्नो आन्तरिक कुरा जहिले पनि लुकाउने र झुठो बोल्ने गरेको छ । वुहानको ल्याबमा परिक्षण गर्दा संक्रमण फैलिएको अमेरिकाले भन्दै आएको छ तर चीन ले भने यश अनुसन्धान गर्न दिएको छैन अहिले फेरि चीन लाई समस्या र संकटको सामना गर्नु परेको छ ।चीनमा पुनः कोरोना महामारी फैलिदै छ चीनले सत्य कुरा खोल्न चाहन्न र आफू सहित पुरै विशेषज्ञलाई यो कोरोना महामारीले प्रभावित पार्दै छ । कोरोना महामारीको अहिले कोरोना महामारीले युरोप हल्लाउँदै , कोरोना उत्पत्ति बारेमा अनुसन्धान गर्न बिश्वका देश मौन किन ? रहेको छ ।
सोही नीतिका कारण चीन दुई वर्ष बाहिरी संसारबाट नितान्तै अलग बनेको थियो। मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ।
कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ। मंगलबार यहाँ ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ।

त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका वासिन्दालाई घरमै बस्न भनिएको छ। १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ। धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन्।
उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ। बाँकी विश्वको धेरैजसो ठाँउमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि माहामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ।


