१० बैशाख २०८३, बिहीबार

रुस-युक्रेन युद्धमा भारत भरपर्दो मध्यस्थकर्ता, यसरी बचाउँदैछ डुब्न लागेको विश्वव्यापी अर्थतन्त्रलाई

एसीपी संवाददाता

४ चैत्र २०७८, शुक्रबार ०९:१८ मा प्रकाशित

काठमाडौं । रुस–युक्रेन युद्धमा भारत भरपर्दो मध्यस्थकर्ताको रुपमा उदाएको छ । कुनै पक्षमा नउभिएको भारतले रुस र युक्रेनसँग सिधा सम्वाद गरेर समस्या सुल्झाउन प्रयत्न गरिरहेको छ ।

युद्ध रोक्न, दुबै पक्षको हित हुनेगरी वार्ता गराउन, फसेका नागरिकहरुको उद्धार गराउन र समग्र विश्व अर्थतन्त्रलाई ढल्न नदिन भारतले भरपर्दो मध्यस्थकर्ताका रुपमा नेतृत्वदायी भूमिका देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।

युद्धको प्रभावले विश्वव्यापी रूपमा महंगी बढ्को, विशेष गरी कच्चा तेल, गहुँ र अन्य उपभोग्य बस्तुको मुल्य आकाशिँदा त्यसको असर भारतमा पनि परेको छ । जसका कारण भारतले आफ्नो सारा विश्वको अर्थतन्त्र जोगाउन भरपर्दो मध्यस्थताको रुपमा आफूलाई उभ्याएको हो ।

सबैभन्दा ठूलो लोकतन्त्र भारत रुस-युक्रेन युद्धका कारण विश्व खतरामा परेको कुरालाई लिएर चिन्तित छ । भारत रुस र युक्रेन दुवैको मित्र हो र एक शुभचिन्तकको रूपमा दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूबीचको कुनै पनि विवाद युद्धभन्दा पनि वार्ताबाट समाधान हुनुपर्छ भन्ने विश्वास राख्द्छ । भारतका प्रधानमन्त्रीले दुई द्वन्द्वरत देशका प्रमुखहरूका साथै हंगेरीजस्ता छिमेकी मुलुकसँग समेत वार्ता गरेका छन् ।

युद्धप्रतिको भारतीय प्रतिक्रिया र संयुक्त राष्ट्र सङ्घको प्रस्तावमा मतदानबाट पछि हट्नुलाई यस मुद्दामा भारत जिम्मेवार, तटस्थ र मानवीयताको पक्षमा रहेको रूपमा हेर्न सकिन्छ । भारतले युक्रेनमा रहेका आफ्ना विद्यार्थीहरू तथा नागरिकहरूलाई युद्धग्रस्त क्षेत्रहरूबाट टाढा जान अनुमति दिन मानव कोरिडोर बनाउन युद्धरत देशहरूका प्रमुखहरूसामु प्रस्ताव राख्यो ।

साथै भारतले छिमेकी पाकिस्तान र नेपालका विद्यार्थीलाई सहजीकरण गरेर जिम्मेवार राष्ट्रका रूपमा निकै बलियो सन्देश पनि दिएको छ । विश्वको सबैभन्दा द्रुत गतिमा बढिरहेको अर्थतन्त्रको रूपमा भारत विश्व अर्थतन्त्रमा युद्धको आर्थिक प्रभावलाई लिएर चिन्तित छ ।

तेल, ग्यास र गहुँ जस्ता विश्वव्यापी कमोडिटीको आपूर्ति श्रृंखलामा हुने अवरोधहरू कोभिड १९ पछिको नयाँ विश्वव्यापी आर्थिक रिकभरीको लागि राम्रो हुने छैन । लामो समयदेखि साझा इतिहास र संस्कृति बाँडेका दुई युद्धरत देशहरूले फलदायी वार्ताका लागि आफ्ना ढोकाहरू खोल्नुपर्छ भन्ने भारतको विश्वास छ ।

अरूलेजस्तो भारतले न त पक्ष लिएको छ न त दोषारोपणको खेलमा फसेको छ । पश्चिमी देशहरूले रुसलाई सार्वभौम राष्ट्रमाथि आक्रमण गरेको आरोप लगाए पनि चीनले आफ्नो बयानमा नाटोले रुस-युक्रेन युद्धलाई उक्साएको आरोप लगाएको छ । दोषको खेलले प्रायः समस्याको समाधान खोज्न बाधा पुर्याउछ ।

यो स्पष्ट छ कि रूस-युक्रेन युद्धको आडमा शीतयुद्धको सम्झनालाई ताजा गर्दै महाशक्तिहरूबीच आधिपत्यको लागि संघर्ष चलिरहेको छ । नाटो सेनाको उपस्थितिको बारेमा रूसी चिन्ताको कदर गर्न आवश्यक छ, तर कुनै पनि कुराले युद्धलाई औचित्य प्रदान गर्न सक्दैन ।

प्रतिबन्धहरूले रूसको निर्यात र आयातको लागि भुक्तानी प्राप्त गर्ने सन्यन्त्रमा बाधा पुर्‍याउनेछ र सीमापार वित्तीय करोवारलाई कमजोर बनाउनेछ । युरोपेली देशहरू लगायत रूसका प्रमुख व्यापारिक साझेदारहरूले पनि रूसी तेल र ग्यास आयातको लागि भुक्तान गर्न कठिनाइहरूको सामना गर्नेछन् ।

कच्चा तेल, गहुँलगायतका वस्तुको विश्वव्यापी मूल्य आकाशिदा लोकतन्त्रका लागि जनताले मूल्य चुकाउन तयार रहनुपर्छ भन्ने अमेरिकी राष्ट्रपतिको हालैको भनाईले समस्या समाधानतर्फ खासै आश्वस्त पार्न सकेको देखिदैन । मुद्रास्फीर्तीको दबाबले विश्वव्यापी रूपमा गरिब परिवारहरूको लागि जीवन कष्टकर बनाउनेछ ।

भारतलगायत एशियाका धेरै अर्थतन्त्रहरूले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा आयात गर्छन् । कच्चा तेलको मूल्यमा भएको ठूलो वृद्धिले उनीहरूको भुक्तानी सन्तुलनमा ठूलो दबाब दिनेछ । विशेषगरी, भारतीय अर्थतन्त्रलाई कोभिड पछि विश्वव्यापी आर्थिक रिकभरीको इन्जिनको रूपमा हेरिएको थियो । तर यस अवस्थाले अर्थतन्त्रलाई थप खराब स्थितीमा पुर्याउनेछ ।

प्रभुत्वको खेलमा अमेरिका र उसका सहयोगीहरूलाई रुसी चुनौतीबाट चीनले समेत मौन रूपमा उसले सोचेजस्तो लाभ लिन सक्दैन । उसको रणनीतिक अव्यवस्थितीका कारण पनि उसले त्यसो गर्न सक्दैन । युक्रेन चीनको लागि युरोप र युरोपेली संघको प्रवेशद्वारको रूपमा धेरै महत्त्वपूर्ण छ । युद्धले खनिज र कृषि उत्पादनको आपूर्तिमा दुवैतर्फ असर गर्नेछ ।

युक्रेन बीआरआईभित्रको एउटा महत्त्वपूर्ण हब पनि हो । युक्रेनमा काम गर्ने चिनियाँ कम्पनीहरू लगायत बेइन्क्यु इनर्जी, सिनजियाङ कम्युनिकेसन कन्स्ट्रक्सन ग्रुप र वेल्डाट्लान्टिक समूहको पनि सञ्चालनमा त्यहाँ अवरोध आउनेछ ।

यी सबै परिवेशमा भारत एकमात्र भरपर्दो र स्वतन्त्र मध्यस्थकर्ताको रुपमा उभिन सक्ने विश्लेषण गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x