१२ आश्विन २०८३, सोमबार

चीनमा कोरोना संक्रमणले लिन थाल्यो ज्यान

एसीपी संवाददाता

६ चैत्र २०७८, आईतवार ०२:२८ मा प्रकाशित

चीनमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ। कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।

दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। कोभिडबाट सो प्रान्त बढी प्रभावित छ। कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन्।

चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको। शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका छन्। यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै संख्या हो। शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो। तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए।

चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ। बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एकदलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ।

नयाँ मृत्यु त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो। राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए।

सन् २०१९ को अन्त्यतिर मध्य सहर वुहानमा कोरोनाभाइरस देखिएको थियो। तर, सीमामा कडाई, लामो समयसम्म क्वारेन्टाइन र निश्चित क्षेत्रमा लकडाउन गरेर चीनले कोभिड नियन्त्रण गरेको थियो। तर, तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टले सरकारको शून्य कोभिड रणनीतिको प्रभावकारिता र दीर्घकालीन रणनीतिमा चुनौती थपेको छ।

लकडाउनले अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै हालैका साताहरुमा केही सरकारी स्रोतहरुले चीन कुनै बिन्दुमा पुगेर अन्य देश झैं कोभिडसँगै बाँच्नुपर्ने सुझाव दिएका छन्।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x