१३ आश्विन २०८३, मंगलवार

कोरोना संक्रमणका कारण चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियम कडा

एसीपी संवाददाता

९ चैत्र २०७८, बुधबार ०६:१९ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ । त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न भनिएको छ ।

ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइएको थियो । तर, अहिले सबै यो सुविधा हटाइएको छ ।

करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको बीबीसीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x