मुलुकमा विदेशी सैन्य उपस्थितिको दाबी असत्य : मालदिभियन रक्षा मन्त्रालय
मुलुकमा विदेशी सैन्य उपस्थिति रहेको दाबी असत्य रहेको मालदिभ्सको रक्षा मन्त्रालयले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयले मुलुकमा कुनै किसिमको विदेशी सैन्य उपस्थिति नरहेको जनाएको हो ।
विपक्षी दलले भारत विरोधी राजनीतिक अभियान चलिरहेका बेला त्यहाँ भारतीय सैनिक उपस्थिति रहेको गलत सूचना प्रवाह भइरहेको बताइएको छ । सोही दुष्प्रचारलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयले यस्तो झुटो समाचारको पछि नलाग्न समेत आह्वान गरेको छ ।
त्यसयता विपक्षी नेता अब्दुल्लाह यामिनले यस सम्झौताले मुलुकमा भारतीय फौज तैनाथ हुने भन्दै बयानबाजी दिँदै आएका छन् । पूर्वराष्ट्रपति समेत रहेका यामिनको चीनसँग निकै नजिकको सम्बन्ध रहेको विश्वास गरिन्छ । यामिनका आलोचकहरुले भने मालदिभ्समा भारतविरोधी भावना भड्काएर उनले राजनीतिक लाभ लिन खोजेको आरोप लगाउने गरेका छन् । चीनका कारण माल्दिभ्स सहित ८ देश उच्च जोखिममा


