२० कार्तिक २०८३, बिहीबार

चिनियाँ विदेशमन्त्री वाङ भ्रमणको विरोधमा ‘#wangnotwelcomeinnepal’ ट्वीटरमा ट्रेण्डिङ, अघोषित नाकाबन्दीदेखि सीमा मिचेकोसम्म प्रश्नैप्रश्न

एसीपी संवाददाता

११ चैत्र २०७८, शुक्रबार २३:३७ मा प्रकाशित

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा काठमाँडौ आईसकेका छन्  । उनको भ्रमणको सुरक्षालगायत सबै तयारी भइसकेको छ । चीनप्रति उदार भाव राख्ने नेपालीहरुमा यसपालि भने चिनियाँ उच्चस्तरीय भ्रमणको खासै रौनक छैन । यो बीचमा चीनले नेपाली नागरिक तथा उद्योगी व्यवसायीले दुख पाउनेगरी अवलम्बन गरेको नीतिले नेपाली नागरिक रुष्ट छन् ।

असल छिमेकी ठानिएको चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरेर सीमामा अवरोध गरेपछि नेपाली चिनियाँ विदेशमन्त्री यीलाई स्वागत गर्न तयार छैनन् । त्यसमाथि कोभिडका नाममा नेपाली विद्यार्थीलाई प्रवेश नदिएर समय बर्बाद गरेर रुवाएको पनि नेपालीले बिर्सिएका छैनन् । अनि नेपालको विकासमा महत्वपूर्ण एमसीसी अनुदान सम्झौता रोक्न गरेको षडयन्त्रमूलक प्रयास पनि नेपालीले बिर्सेका छैनन् ।

हुम्लामा चीनले सीमा मिचेको पनि नेपालीको मानसपटलमा ताजै छ । यसका अलावा नेपालमा आएर नयाँ नयाँ अपराधमा चिनियाँ नागरिकको संलग्नताले पनि चीनप्रति नेपाली हाल उदार छैनन् । यस्तो बेला नेपालसँग सम्बन्ध सुधार र आफ्नो महत्वाकांक्षी बेल्ट एण्ड रोड बीआरआई परियोजना कार्यान्वयनको एजेण्डा बोकेर दुई दिने नेपाल भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङप्रति नेपालीहरुले प्रश्नको वर्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ‘#wangnotwelcomeinnepal’ ट्रेण्डिङ चलेको छ । आफूले दु:ख पाएका विभिन्न प्रश्नहरु गर्दै नेपाली नागरिकले ‘वाङलाई स्वागत गर्दैनौं’ अभियान चलाएका हुन्। चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित, कन्टेनर व्यवसायी मारमा परेकाले के अब यो यात्रामाकुरा गरेर खुल्छ होला नाका  ।

#wangnotwelcomeinnepal ट्रेण्डिङमा सुरेन्द्र शाहीले ट्वीटरमा लेखेका छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : विगत दुई वर्षदेखिको चिनियाँ अघोषित नाकाबन्दी कहिले खुल्छ? डिल्लीराज लामिछानेले र निरोज लामाले लेखेका छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : नेपालको आन्तरिक राजनितीमा चीनको हस्तक्षेप किन? दलहरुबीच दुरी बढाएर चीनको स्वार्थपुर्ति हुन्छ र?

अञ्जु श्रेष्ठले लेखेकी छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : नेपालमा चिनियाँ नागरिकले गर्ने कलवाईपास, मनि लौण्ड्रिङ जस्ता अपराधको जिम्मा चिनियाँ सरकारले लिने कि नलिने? हिरा थापाले लेखेकी छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : विगत दुईवर्ष देखीको चिनियाँ अघोषित नाकाबन्दी कहिले खुल्छ? अनिल चौधरीले लेखेकी छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : वेईजिङबाट एमसीसीको विरोध किन? एमसीसी रोक्न चिनियाँ राजदुतको नांगो नाच किन? एमसीसी विरोधी आन्दोलनमा चिनियाँ लगानी किन? । सिमानाका अवरुद्ध हुँदा नेपाली ब्यापारी मर्कामा , होलिमा पनि अवरुद्ध छ नाका

विकास गुप्ता, रमेश श्रेष्ठ र रिमोन गुरुङले लेखेका छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : हुम्लामा चीनले अतिक्रमण गरेको भुमी हामी नेपालीले कहिले फिर्ता पाउने? चीनको विस्तारवाद नीति कहिलेसम्म? सञ्जीव मगरले लेखेका छन्, चिनियाँ विदेशमन्त्री वाङलाई प्रश्न : औषधिजन्य जडिबुटीहरुको चीनतिर हुने तस्करी कहिले रोकिन्छ ? के यसमा चीन सरकार पहलकदमी हुनु पर्दैन्?

विद्यार्थी दिपेन्द्र ढुंगेलले लेखेका छन्, चिनियाँ विदेशमन्त्री वाङ यीलाई प्रश्न : हाम्रो इन्टर्नसिप कहिलेदेखि सुरु होला?   । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x