१४ मंसिर २०८३, आईतवार

कांग्रेस नेता विनोद चौधरीले गरिबका लागि बनाइदिए ६२ वटा घर, बस्तीमै पुगेर हस्तान्तरण गरे

एसीपी संवाददाता

१४ चैत्र २०७८, सोमबार ०८:०७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीले सिन्धुपाल्चोकमा ६२ परिवारका लागि घरहरू निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

सिन्धुपाल्चोकको गिरानचौरमा चौधरी फाउन्डेसनको तदारुकतामा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीका ६२ घरहरू हस्तान्तरण गरिएको नेता चौधरीले जनाएका छन् । उनले ती घरहरू हस्तान्तरण गर्न पाउँदा खुशी लागेको जनाएका छन् ।

डिजिटल क्लासरुम, स्वास्थ्य, खानेपानी र सीप विकासका कार्यक्रममार्फत यस बस्तीलाई मोडल भिलेजका रुपमा प्रस्तुत गर्न सकिएको कांग्रेस नेता चौधरीले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x