१४ मंसिर २०८३, आईतवार

दलित जागरण अभियानको स्थानीय तह निर्वाचन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

एसीपी संवाददाता

१४ चैत्र २०७८, सोमबार १०:२३ मा प्रकाशित

जनकपुर । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले मधेस प्रदेश स्तरिय दलित अगुवा तथा अभियानताहरुलाई स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने विषयमा मुख्य नेतृत्वहरुलाई प्रशिक्षण सहित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सप्तरीको सुरुंगा नगरपालिका ४, कनकपुर मधुपट्टी खोरिया टोलमा रहेको धार्मिक स्थल सेतीदेवी मन्दिरको गलेक्सनमा सम्पन्न भएको कार्यशाला ग‍ोष्ठीमा पाँचसय भन्दा बढी दलित अभियानताहरुको सहभागी रहेको थियो । दलित समुदायले कस्तो पार्टी र उमेदवारलाई भोट दिने विषयमा समेत छलफल गरेका छन् ।

कार्यक्रममा उपस्थित बद्री सदाले भने, दलित समुदायको योगदान, बलिदान र अस्तित्वलाई जसले स्वीकार्छ त्यसलाई भोट जान्छ । हरेक राजनीतिक दलमा दलित छ । दलित संगठन छ । दलित नेतृत्व छ । तर उनीहरुले अहिलेसम्म दलित नेतृत्व स्वीकारेको छैन् । पुस्तौंदेखि उनीहरुले भोट बैंकको रुपमा लिएको छ । जुन मनोदशा दलित समुदायले तोड्नुपर्छ, उनले थपे ।

कार्यक्रममा उपस्थित दलित महिला नेतृ गुलावदेवी रामले भने, हरेक पार्टीमा दलितको दलितको योगदान र बलिदान छ । हरेक पार्टी निर्माणमा दलित वस्तीको ठूलो भूमिका छ । तर तिनै पार्टीहरु सतामा पुगेपछि जुन वर्ग समुदायबाट दलित दलनमा परेका छन् उनीहरुकै हालीमुहाली वरिपरि कैद भएपछि दलित समुदायले पुस्तौंदेखि विभेदबाट मुक्ति नपाएको उनले जनाए । त्यसैले यतिबेला जुन राजनीतिक दलले दलित समुदायलाई प्रमुख पदहरुमा टिकेट दिन्छ उनीहरुलाई मात्र भोट दिने पर्खाइमा रहेको देखिन्छ । नभए उनीहरु केही सिटमा स्वतन्त्र उमेदवार दिएर पनि आफ्नो मतको सदुपयोग गर्ने देखिएको छ ।

वालेश्वर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीको समेत उपस्थित रहेको थियो भने विशिष्ट अतिथिको रुपमा जागरण अभियानका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल राम अतिथिहरुमा बद्री सदा, पार्वती चौधरी राम, गणेश राम, रमासिस राम, शिवकुमार राम, सिताराम मण्डल, रामअवतार शास्त्री, भिखन पासवान, उपिन्द्र पासवान, मोहन पासवान, रामलखन राम, दिनेश राम लगायतका दलित अगुवा तथा अभियानताहरुको उपस्थित रहेका थिए । उनीहरुले पनि आफ्नो धारणा विचार राखेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x