राप्रपा नेपालको सक्रियता बढदै , समिति चयन देखि प्रवेश गर्नेको लहर
बाँके जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अहिले नेपालगन्ज सहितका स्थानमा वडा समिती गठन गर्न सक्रिय रहेको छ । आज नेपालगन्ज उप महानगरपालिका वडा नं ३ को इकाई समिति गठन गरेको छ । गठन भएको समितिको अध्यक्ष दीपक गुप्ता रहेका छ्न । गुप्ताको अध्यक्षतामा गठन भएको समितिमा २१ जना अन्य पदाधिकारी रहेका छ्न । भेलालाई कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री हिक्मत बहादुर ढकालले सम्बोधन गर्नु भएको थियो । केन्द्रिय सदस्य तथा कोहलपुर नगरपालिकाका अध्यक्ष प्रमान्त श्रेष्ठ , जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको हो । आजको भेलामा सहभागी प्रमुख अतिथि , अतिथि , नवनिर्वाचित कार्य समिति लाई हार्दिक बधाई तथा सफल शुभकामना दिनु भएको हो । अहिले राप्रपा नेपालको बाकेमा निकै सक्रियता बढी रहेको छ । यसको आउँदो स्थानीय चुनावमा धेरै भन्दा जित्ने लक्ष्य रहेको सहभागीले बताएका हुन ।
यस्तै जिल्ला अध्यक्ष दीपेन्द्र सिंहले भने की पार्टीमा स्यानो ठूलो कोई हुदैन सबै एक हौ । राप्रपा नेपाल मा बस्नु को छुटै मजा छ किनकी आज सम्म कुनै पनि भ्रष्टाचार नभएको एक मात्र पार्टी हो । हामीलाई गर्व छ कि हामी राप्रपा नेपालका पदाधिकारी हु । ६२/६३ मा पुरा देश गणतन्त्र भएको बेला मा नेपाल हिन्दु रास्ट्र हुनुपर्छ भन्ने आट साहास लिएका थिए र सारा दल का नेता हरुले धर्म निरपेक्षमा सहम भइ हस्ताक्षर गरेका थिए भने एक मात्र नेता हुन कमल थापा धर्म निरपेक्ष विरुद्ध हस्ताक्षर गरेका थिए ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका ४ जना प्रभावशाली नेताले राप्रपा परित्याग जनाएका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता एवं पूर्व केन्द्रिय सदस्य रमेश अर्याल, राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टीका पूर्व केन्द्रिय सदस्य सलाउद्दिन जशगढ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य बृजेश बहादुर सिंह र बाँके क्षेत्र नं २ क प्रदेश उपाध्यक्ष दिपिका सिंहले आइतवार चारैजनाले संयुक्त वक्तव्य जारी गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखी विभिन्न जिम्मेवारीमा क्रियाशिल रहँदै आइरहेकोमा हाल आएर राजेन्द्र लिङदेन नेतृत्वले सैद्धान्तिक एवं राजनैतिक विचलन भएका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी रही जिम्मेवारी बहन गर्न नसकिने भन्दै साधारण सदस्य नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् र आज वाड नं ३ को एकाई समिति गठन गर्ने कार्यक्रम मा राप्रपा नेपाल मा पार्टी प्रवेश गरेका छन्।


