एमाले बैतडी जिल्ला अध्यक्षले ठूलो भ्रष्ट्राचार गरेको छ: कांग्रेस सभापति जोशी
राजेन्द्र प्रसाद जोशी – डिलासैनी गाउपालिका मा ठाडो भ्रष्टाचार भएको छ। 2078 साल पुस 30 गत्ते बसेको कार्यपालिकाको बैठक बाट बिनियोजित रकम 30 लाख सबै सडक मर्मत भनिएका ( रुद्रेश्वोर मठैराज सडक, कर्कले देउझाडी सडक, बासिगाउ दौतोला सडक,बिनाबस्ती नगराउ सडक) सडकका अध्यक्ष ने क पा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पाल का भाइ भिम बहादुर पाल हुन। नेपाली काङ्ग्रेस डिलासैनी का सभापती जयानन्द जोशी (जयराज) ले भने बिना काम कर्कट्टी सहित सत्ताइस लाख पैतिस हजार तीन सय भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप लगाएका छन। गाउपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहरा निर्वाचित भएर जनप्रतिनिधि भैसकेपछी उकेन्द्र बोहरा चलाउने रिमोट सुरेन्द्र पाल को हातमा रहेको र अब त्यो रिमोट नेपाली काङ्ग्रेस ले लिएर जनताको हातमा सुम्पिने बताउनु भयो। कार्यपालिकाको बैठक बाट बिनियोजित रकम ने क पा जिल्ला अध्यक्ष सुरेन्द्र पाल गाउपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहरा गाउपालिका इन्जिनियर सुदिप बोहरा र उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र पाल का भाइ भिम बहादुर पाल मिलेर काम नगरिकनै रकम भुक्तानी गरेर खाएको आरोप जोशी ले लगाएका छन।


