१४ मंसिर २०८३, आईतवार

सभापतिको प्रस्तावमा शेखर-गगन सहमत, एकमतले कांग्रेसले गर्यो चुनावी गठबन्धनको घोषणा

एसीपी संवाददाता

१५ चैत्र २०७८, मंगलवार १४:४३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आसन्न निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।

शुक्रबारदेखि जारी केन्द्रीय समितिको मंगलबारको बैठकले गठबन्धनमा रहेका अन्य दलहरुसँग चुनावी तालमेल गर्नेसर्वसम्मत निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय आवश्यकता हेरेर चुनावी गठबन्धन गर्ने निर्णय भएको जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा अन्तत शेखर कोइराला र गगन थापाहरु पनि सहमत भएका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x