भ्रष्टाचार र आन्तरिक अन्तर्विरोधले थलियो पाकिस्तान, सेना र खुफिया एजेन्सी निकम्मा, असफल राष्ट्रतर्फ अग्रसर
काठमाडौं । पाकिस्तानमा भ्रष्टाचारविरोधी, सुशासन र कानुन राज्य कायम गराउने निकाय नै भ्रष्टाचार र अनियमिततामा फसेपछि राष्ट्र असफलतातिर अग्रसर भएको छ ।
हालैमात्र भ्रष्टाचार विरोधी निगरानी संस्था राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) का अवकाशप्राप्त चार अधिकारीमाथि अवैध रुपमा कच्चा तेलको कारोबार गरेर अकुत सम्पत्ति आर्जन गरेको र राज्यलाई नोक्सानी पुर्याएको आरोपमा उनीहरुमाथि कारवाही सुरु भएको छ । यसअघि २००५ मा १७ सैन्य अधिकारी बर्खास्त गरिएको थियो ।
पूर्वमेजर अकरम रजाविरुद्ध अवैध तेल व्यवसाय चलाएर राज्यमाथि धोकाधडी गरेको भन्दै मुद्दा दर्ता भएको छ । पाक सैन्य बलका अधिकारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा एक पछि अर्को गरी आइरहेको छ । स्वी बैंकमा थुपारिएको कालोधनको हालैको एक रिपोर्टले पाकिस्तान सेनामा लालच र भ्रष्टाचार कुन हदसम्म छ भन्ने देखाएको छ । यसमा उच्च अधिकारी जर्नेलहरु बढी सहभागी छन् ।
त्यस्तै पूर्व-आईएसआई प्रमुख जनरल अख्तर अब्दुर रहमान खानमाथि अफगानिस्तानमा मुजाहिदीन लडाकुलाई अर्बौ डलर सघाएको अभियोग लगाएको छ । यसमा सेना पनि संलग्न देखिएको छ । व्यक्तिगत लाभका लागि पदमा बहाल र अवकाश पाइसकेका जनरलहरुले वित्तीय घूस, जबरजस्ती असुली, प्रभाव पेडलिंगलगायत असंख्य घोटाला र अपराध गरेका थुप्रै उदाहरण पाकिस्तानमा छन्
तस्करी र्याकेट र नशालु पदार्थको तस्करीमा उनीहरुको संलग्नता देखिएको छ । सुरक्षाको जिम्मा लिएको निकायमा भ्रष्टिकरण र अपराधलाई प्रश्रय दिँद पाकिस्तान फेलियर स्टेटतर्फ अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा १९९० को दशमा तत्कालीन सेना प्रमुख असलम बेग र आईएसआई प्रमुख असद दुर्रानीले जिहाद लडाकु उत्पादनका लागि आफ्नै नशालु पदार्थ उत्पादनकझ व्यवसाय शुरू गर्न खोजेका थिए ।
यसरी पाकिस्तानमा वर्षौदेखि नियामक निकायमा हुँदै आएको घोटाला पछिल्ला दिनमा झनै बढेको छ । घोटालाकै बलमा सेनाले सत्ता उलटफेर पनि गर्दै आएको छ । क्वेटा कोर कमाण्डर जनरल असीम सलीम बाजवाले अमेरिकामा पापा जोन्स पिज्जा चेनमा लाखों डलर लगानी गरेका छन् ।
इन्टर सर्विस पब्लिक रिलेशन्स (आईबीपीआर) का पूर्वसेना प्रमुख राहील शरीफ र जनरल परवेज मुशर्रफविरुद्ध आफ्नो प्रभावको प्रयोग गरेर अवैध सम्पत्ति जम्मा गरेको भन्दै मुद्दा चलिरहेको छ । पाकिस्तान राज्यमा तीन शक्ति केन्द्र निर्वाचित सरकार, सुरक्षा बल र पाक खुफिया एजेन्सी आइएसआइएसका अधिकारीहरु देशको सेवामा भन्दा आफ्नो दुनो सोझ्याउने र देशलाई भड्खालोमा हाल्न अघि बढेका छन् ।
व्यक्ति स्वार्थमा लिप्त हुँदा पाकिस्तानी नागरिकले अहिले आर्थिक संकट भोगिरहेका छन् । न्युतम आधारभुत आवश्यकताबाट पनि वञ्चित छन् । जिहादका नाममा जनतालाई भ्रमित पारेर राज्य सञ्चालकहरुले जनतालाई धोका दिइरहेका छन् । आफू अकुत कमाइरहेका छन् । जसले अर्थ व्यवस्थालाई नै असन्तुलित बनाएको छ । धरमराउन थालेको छ ।
साथै सत्ता केन्द्रहरुबीच संघर्षका कारण पुन लोकतन्त्र खतरामा परेको छ । इमरान खान एक्जिट डोरमा छन् । राज्य सञ्चालनमा नयाँ प्रधानमन्त्री को आउँछ भन्दा पनि राज्य असफल कहिले हुन्छ भन्ने चिन्ता छ । पाकितस्तानमा जबसम्म राज्य सशस्त्र बल र आईएसआईको प्रभावभन्दा अलग हुँदैन तबसम्म संकट गहिरिने चिन्ता गरिएको छ ।


