१२ आश्विन २०८३, सोमबार

श्रीलंकामा औषधि अभावले विरामीको अप्रेसन पनि हुन सकेन, भारतीय विदेशमन्त्रीले बढाए सहयोगको हात

एसीपी संवाददाता

१६ चैत्र २०७८, बुधबार ०२:२६ मा प्रकाशित

नयाँ दिल्ली । गहिरिदो आर्थिक संकटका बीच श्रीलंकामा औषधि अभाव भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार औषधिको अभावमा पूर्वनिर्धारित शल्यक्रियाहरू प्रभावित भएका छन् ।

श्रीलंकामा ठूला सामुदायीक अस्पतालमध्येको एक पेरादेनिया शिक्षण अस्पतालले औषधि अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ । अन्य अस्पतालमा पनि औषधिको अभाव देखिएका बेला भारतले सहयोगको हात अगाडि बढाएको छ । श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

उनले औषधि अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेसँग परामर्श गरेका छन् । कोभिड १९ महामारीमा पनि दक्षिण एसियाली मुलुकमा खोप सहयोग गरेको भारतले अहिले श्रीलंकामा चिनियाँ ऋणले अर्थतन्त्रमा प्रभाव पर्दा आएको संकटको सामना गर्न मानवीयता र मित्र राष्ट्रको नाताले सहयोगको हात अगाडि बढाएको हो ।

विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकामा पछिल्लो समय विदेशबाट आवश्यक सामग्री ल्याउन नसक्दा कागज अभावमा विद्यार्थीहरुको परीक्षामसेत स्थगित भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x