१४ मंसिर २०८३, आईतवार

संघाईमा गरिएको लकडाउन थप कडाइका साथ लागू

एसीपी संवाददाता

१७ चैत्र २०७८, बिहीबार ०३:२८ मा प्रकाशित

चीनको संघाईमा कोरोनाको संक्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ ।

संघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो । जसमा आवासीय परिसर र कार्यस्थलहरू बन्द गरिएको थियो । तर, अहिलेको लकडाउन अहिलेसम्मकै सबैभन्दा कडा गरिएको हो ।    यो पनि समाचार पढ्नुहोस   चीनमा फेरी कोरोना संक्रमण फर्किदै ९ दिने लकडाउन घोषणा

चीनको सबैभन्दा बढी जनसंख्या भएको सहर संघाईमा सोमबारबाट दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो । लकडाउन भएको १ दिनपछि नै थप कडाईका साथ लागु गरिएको छ । चीन सरकारले मंगलबार दुई चरणको कोरोना लकडाउनको पहिलो चरणलाई थप कडाइ गरेको छ । हरेक दिन त्यहाँ भएकाले कोरोना परिक्षण नभएसम्म घरमै बस्न व्यक्तिलाई सरकारले आग्रह गरेको छ ।   चीनको कोरोना भ्याक्सिन बेकार ! लाखौं डोज लगाएर पनि लकडाउन गर्न बाध्य भएको चीन अहिले तनावमा रहेको छ ।

हरेक दिनको परिक्षणमा दैनिक ४ हजार ४ सयभन्दा बढी संक्रमित थपिने गरेको छ । ह्वाङ्पुको पुर्वमा बसोबास गर्नेहरूलाई सोमबार उनीहरूलाई आवासीय परिसरमा पठाइएको छ । तर, उनीहरूलाई परिसर वरिपरि घुम्न पाउने छुट भने दिइएको थियो ।    यो पनि समाचार पढ्नुहोस  चिनमा भईरहेको उत्पीडनबाट मुक्ति चाहन्छन , देश छोडन बाध्य छन युवा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x