१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्रीको भारत भ्रमणमा रेल र हाइड्रोदेखि १३२ स्वास्थ्य चौकीसम्म उद्‌घाटन, बनारसको यात्रा

एसीपी संवाददाता

१७ चैत्र २०७८, बिहीबार १३:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मुख्य पाँचवटा सम्झौता हुने तय भएको छ ।

भोलि भारत जान लागेका देउवाको भ्रमणमा नेपाली प्रतिनिधिमण्डलले मुख्यत: पाँचवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

जसमा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण भएको ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर तथा दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै सोलु करिडोरमा विद्युत प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

‘डिजीटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमोर्टबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

उर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरिनेछ ।

भ्रमणका क्रममा देउवाले समकक्षी मोदी, भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणका क्रममा देउवाले उत्तर प्रदेको धार्मिक सहर वारणासीको अवलोकन गर्नेछन् । बनारसमा काशी दर्शन गर्ने कार्यक्रम छ । यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x