१४ मंसिर २०८३, आईतवार

नेपाली कांग्रेसको तर्फबाट डिलासैनि ६ मा बोहरा सर्वसम्मत चयन

एसीपी संवाददाता

१७ चैत्र २०७८, बिहीबार १६:४९ मा प्रकाशित

राजेन्द्र प्रसाद जोशी –   नेपाली कांग्रेस डिलासैनि गाउँपालिका वार्ड नंवर ६ मा नेपाली कांग्रेसको तर्फबाट उत्तर बहादुर बोहरा आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
आज भएको भेलाले बोहरालाई सर्वसम्मत चयन गरेको सभापति जयानन्द जोशी ले जानकारी दिनु भएको छ।
सम्पूर्ण पार्टीको साथीहरुले मलाई सर्वसम्मत वार्ड अध्यक्ष को लागि मलाई उम्मेदवार बनाउनुभएको छ उहाँहरु सबैलाई धन्यवाद दिन्छु बोहोराले भने मलाई पार्टीपंक्तिका सबै साथीहरुको साथ सहयोग छ मैले वार्ड अध्यक्ष बन्छु। सम्पूर्ण वार्ड बासी र गाउँपालिका बासीलाई स्थानीय तहको चुनावमा रुख चिन्हमा मतदान गर्न समेत उहाँले आह्वान गरेका छन्।
वार्डमा बलिया उम्मेदवार रहेका अनिल विष्ट भने आफ्नो वार्डमा आफैले मिलाउन सक्नु पर्ने बताउँछन्।
उहाँ सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् “नेताहरुले आफ्नो वार्ड मा आफै मिलाउन सक्नु पर्दछ,राजनीतिमा त्याग गर्नुपर्दछ,आफ्नो वार्ड आफै मिलाउन नसक्ने र पालिकाको उम्मेदवार हु भन्नेले ६ नम्बर वार्ड बाट केही सिक्नुस्” नेपाली कांग्रेस बैतडी प्रदेश सभा ख का कार्यसमिति सदस्य एबम् कार्यसम्पादन समिति सदस्य रहेका विष्ट एकदमै त्यागी भएको र आफ्नो वार्ड आफै मिलाउनु पर्ने तर्क राख्छन्। सर्वसम्मत चयन गर्यौ अब हामी सबै लागेर विजयी गराउँछौं डिलासैनिको एकमात्रै बहुमुखी क्याम्पस का अध्यक्ष समेत रहेका विष्ट ले भने।
जिल्ला सभापति चतुर बहादुर चन्दले पनि वार्ड मा सर्वसम्मत चयन हुँदा खुसी लागेको बताउनुभयो।
धेरै ठाउँहरूमा हाम्रो उम्मेद्वारहरू सर्वसम्मत चयन भइसकेका छन् धेरै ठाउँमा सर्वसम्मत र सहमति हुने तयारी भइरहेको चन्दले बताउनु भयो ,सहमति को लागि १८ गते सिफारिस गर्ने भनेको र समहामी गर्न समय छोटो हुन्छ भनेर २२ गते सम्म सारिएको समेत सभापति चन्द ले बताउनु भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x