१४ मंसिर २०८३, आईतवार

पाकिस्तानको विपक्षी दलहरुको लङ मार्च इस्लामावादमा

एसीपी संवाददाता

१८ चैत्र २०७८, शुक्रबार ०६:१० मा प्रकाशित

इस्लामाबाद । पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएलएन) का नेताहरू मरियम नवाज र हमजा शेहबाजको नेतृत्वमा पाकिस्तान विपक्षीहरूको लंग मार्च मार्च २७ मा इस्लामाबादमा प्रवेश गरेको छ। त्यहाँ उनीहरुले संवैधानिक सर्वोच्चताको माग गर्दै धर्ना दिएका हुन्।

शुक्रबार एक पत्रकार सम्मेलनमा सनाउल्लाहले लाहोरबाट मार्च २४ मा सुरु भएको लङ मार्च २६ मार्चमा रावलपिण्डी र २७ मार्चमा इस्लामावाद प्रवेश गरेको बताए।

सरकारका सांसदहरूको वफादारी किन्‍न पैसाको प्रयोगको बारेमा आन्तरिक मन्त्री र सूचना मन्त्रीलाई जवाफ दिँदै पीएमएलएन पञ्जाब अध्यक्षले मन्त्रीहरूलाई कुनै पनि टेलिभिजन च्यानलमा प्रमाणको साथ आउन र उनीसँग बहस गर्न चुनौती दिए।

‘यहाँ असन्तुष्ट पीटीआई सदस्यहरूलाई पैसा दिने प्रश्न नै छैन, किनकि तिनीहरूमध्ये कसैले त्यस्तो माग गरेका थिएनन्,’उनले भने, ‘सरकारले आफ्ना आक्रोशित सदस्यहरूलाई धम्की दिएको सुनिएको छ।’

पीएमएलएन महासचिव अहसान इकबालले विपक्षी दलहरूले राष्ट्रिय सभामा अविश्वास प्रस्ताव पेश गरेका छन्। सरकारप्रति जनता ठूलो निराशामा बढेका कारण अहिलेका प्रधानमन्त्री खानले पद त्याग गर्नुपर्ने बताए।

उनलाई उद्धृत गर्दै न्युज इन्टरनेशनलले विपक्षी दलको अविश्वासको प्रस्तावलाई परास्त गर्ने दाबी गर्ने मन्त्रीहरु नै अहिले राष्ट्रिय सभाको बैठकबाट भागेको बताएको छ ।

‘पीटीआई नेतृत्वको सरकारले पनि आफ्ना १० सदस्यको समर्थन गुमाइसकेकोले इमरान खान अब १७२ को जादुई संख्या भन्दा तल थिए,’ उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x