१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री देउवाको स्वागतमा सिंगारियो दिल्ली, चारैतिर फहराइयो नेपाल-भारतको झण्डा

एसीपी संवाददाता

१८ चैत्र २०७८, शुक्रबार १०:१४ मा प्रकाशित

काठमाडौं । तीन दिने भारत भ्रमणमा आउन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा नयाँदिल्ली सिंगारिएको छ ।

देउवालाई भव्य स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाणक्यपुरीस्थित होटल आईटिसी मौर्यसम्म नेपाल र भारतका प्रधानमन्त्रीको होर्डिङ बोर्डदेखि दुई देशका झण्डा चोक चोकमा फहराइएको छ ।

देउवाको सवारीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतका जनताले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई चासोका साथ हेरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x