१४ मंसिर २०८३, आईतवार
भारतको अन्तर्राष्ट्रिय भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि चल्ने
काठमाडौं। भारतको अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी कार्ड ‘रुपे’ अब नेपालमा पनि प्रयोग गर्न सकिने भएको छ । भारतले जारी गरेको पहिलो ग्लोबल कार्ड ‘रुपे’ हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको सुरुवात नेपालमा पनि गरेका हुन् ।
योसँगै ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै नेपाली बैंकहरुले रूपे कार्डलाई प्रचलनमा ल्याउने बाटो खुलेको छ ।
यसको प्रयोगले नेपाल आउने भारतीय पर्यटकको लागि सहज हुने लगायत यसले दुई देशबीचको व्यापारिक कारोबारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।
नेपालमा रहेको एसबीआई बैंकको सबै सेल मसिनहरूमा कारोबारको लागि रूपे प्रयोग गर्न सकिनेछ । हाल देशभर एसबीआई बैंकका १४०० वटा मसिन उपलब्ध छन् ।
Subscribe
Login
0 Comments


