आलोचकलाई परराष्ट्रमन्त्रीको जवाफ : कांग्रेस सभापतिको हैसियतले देउवा भाजपा मुख्यालय जानुभएको हो
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालय जानु सामान्य भएको बताएका छन् ।
आलोचकले भाजपा मुख्यालय गएर प्रोटोकल मिचेको भनेर आलोचना गरिरहेका बेला प्रधानमन्त्री देउवाले कुटनीतिक मर्यादा विपरित रहेको भन्नु उपयुक्त नहुने बताए । ‘नेपाली कांग्रेसले अन्य पार्टीसँग पनि राख्दै आएको छ । भाजपाको मुख्यालयमा प्रधानमन्त्रीको हैसियतले होइन कांग्रेस सभापतिको हिसाबले पार्टी टु पार्टी सम्बन्ध स्थापित गर्न जानुभएको हो,’ उनेल भने ।
उनले सीमा विषयमा छलफल आपसी सम्वाद र समझदारीमा समाधान हुनुपर्छ भन्ने कुरा राखेको पनि बताए । कुटनीतिक सम्वादमार्फत स्थापित संयन्त्रमार्फत समाधान गर्ने कुरा भएको उनको भनाइ छ ।
‘उपलब्धी घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई उचाईमा पुर्याउन यो भ्रमण महत्वपूर्ण छ । अझ प्रगाढ र नयाँ उचाइँमा पुर्याउनेमा विश्वस्त छौं,’ उनले भने ।


