नेपालगन्ज उपमहानगरपालिका वडा न. ८ मा स्वास्थ्य केन्द्र हस्तान्तरण
श्याम कुमार शाहु । नेपालगन्ज उपमहानगरपालिका वडा न. ८ मा शहरी स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ ।
नयाँ स्वास्थ्य केन्द्र सञ्चालनको लागि आवश्यक जिन्सी सामग्री ल्यापटप,सोफा, टेबल कुर्सी ईत्यादी समाग्री समेत हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै सूचना अधिकारी टेक बहादुर शाही गर्नु भएको थियो भने वडा कार्यालय अध्यक्ष सहित सम्पुर्ण सदस्य र कांग्रेस बुथ कमिटी का अध्यक्ष मुन्ना सिद्दिकी लगायत सम्बन्धित निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिका ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य ले भन्नू स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पूर्ण जनता र आफ्नो सदस्यहरुको सहयोगले निर्माण गर्न सकेको बताउदै सबै धन्यवादका पत्र छ्न । भवन निर्माणमा २ लाख बराबर समान हस्तान्तरण गरिएको जनाएका छ्न ।
हस्तान्तरण कार्यक्रममा कांग्रेस का बुथ कमिटी का अध्यक्ष सिद्दिकी ले भने कि यो कार्य निकै सराहनीय छ आउने दिनहरु मा थप उर्जासिल काम हुँदै जाने आशा व्यक्त गरे । स्वास्थ्य केन्द्रले जेष्ठ नागरिक , असहाय ब्याक्तीहरुलाई लाभ हुने बताउनु भयो निःशुल्क औसधि उपलब्ध गरे भने धेरै राम्रो सहयोग हुने बताउनु भयो ।



