भगवान ब्रम्हाका बारेमा गलत लेख पढाएको भन्दै हिन्दु संगठनद्वारा बिरोध , माफी नमागे आन्दोलन गर्ने चेतावनी
भारतको अलिगढमा हिन्दु धर्म र आस्थामा चोट पुर्याउने काम भएको भन्दै हिन्दु संघसंगठले बिरोध गरेका छ्न । अलिगढमा विश्वविद्यालयका प्रोफेसर जितेन्द्र कुमारले भगवान ब्रह्माको बारेमा अपमानजनक लेख पढाएको खुलासा हुँदा बिरोध शुरु भएको हो ।
विश्वविद्यालयका अनुसार प्राध्यापकहरूले आफ्नै लेक्चर बनाउने भन्दै आफुलाई केही थाहा नभएको बताएको छ ।
यो पहिलो पटक होइन यश अघि पनि पटक पटक अलिगढ बिश्व बिद्यालय्ले हिन्दु आस्था माथी विभिन्न टिप्पणी गर्ने गरेको छ । समय-समयमा यस्ता कुराहरू आइरहेका हुन्छ्न तर सम्बन्धित निकाय जहिले पनि मौन हुने गरेको छ ।
अन्तर्राष्ट्रिय हिन्दू परिषद्का भारत बहाराईच जिल्ला अध्यक्ष राघवेन्द्र प्रताप सिंहले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उक्त घटनाका बिसयमा तत्काल दोषी माथी कार्यवाही हुनु पर्ने माङ गरेका गर्दै कार्यवाही नगरे आन्दोलन गर्न बाध्य हुने अध्यक्ष सिंहले बताउनु भयो ।


अलिगढ मुस्लिम विश्वविद्यालय अलीगढ उत्तर प्रदेशमा रहेको मुस्लिम यूनिवरसिटी हो र जहिले पनि बिवादित कुरा र हिन्दु आस्थामा खलल पुर्याउने गरेको छ ।


