हिउँदे बिदापछि चिनियाँ भाषा मात्र पढाइ हुने विद्यालयमा फर्किँदै तिब्बती विद्यार्थीहरु
ल्हासा । तिब्बतका विद्यार्थीहरू हिउँदको बिदा सकेर विद्यालय फर्किएका छन्। तर, उनीहरुलाई पहिलजस्तो तिब्बती विद्यालयमा भने राखिएको छैन। उनीहरूलाई चिनियाँ भाषामा मात्र पढाइने विद्यालयमा बसोबास गराइएको छ। यो पनि समाचार पढ्नु होला चीनको जेलमा २० वर्षभन्दा बढी समय बिताएका तिब्बती भिक्षुको ६१ वर्षको उमेरमा निधन
वर्षौंदेखि, चीनले तिब्बती भाषा र संस्कृति सिकाउने संस्थाहरू, मठ वा निजीद्वारा सञ्चालित विद्यालयहरू बन्द गर्दै आएको छ। विश्लेषक र आलोचकहरूले यस ‘सिनिकाइजेशन ड्राइभ’को आलोचना गरेका छन्।
रेडियो फ्री एशिया (आरएफए) ले शिक्षकहरूलाई बालबालिकालाई चिनियाँ भाषा पढाउन सुरु गर्ने कार्यशाला पनि दिइने जानकारी दिएको छ। यो पनि समाचार पढ्नुहोला शान्तिका अनुयायी तिब्बती र बेइजिङविरुद्ध तिनका दशकौं देखीको विद्रोह !
तिब्बतको राजधानी ल्हासाका विद्यालयहरूमा सबै विषयहरू अब चिनियाँ भाषामा पढाउन थालिएको छ। यद्यपि अधिकांश बालबालिकाले आफ्नो मातृभाषामा सिक्न बढी सहज महसुस गरेका छन् र चिनियाँ भाषाका कारण विद्यालय छोड्नेहरुको संख्या पनि बढ्दै गएको आरएफएले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
तिब्बतीहरू यी परिवर्तनहरू पछाडिको उद्देश्य विद्यार्थीहरूको ब्रेन वास गर्ने रहेको बताउँछन्। त्यस्तै गरी, उत्तर-पश्चिमी प्रान्त छिन्घाईको तिब्बती स्वायत्त प्रान्तको गोलोग (चिनियाँ, गुओलुओमा) सबै विद्यालय पाठ्यपुस्तकहरू चिनियाँ भाषामा अनुवाद गरिएको छ।
केही अनुवादहरू गत वर्षको सुरुमा पूरा भएका थिए। फलस्वरूप, तिब्बती भाषा कक्षा बाहेक अब सबै विषय चिनियाँ भाषामा पढाइने गरेको स्रोतले बताएको छ ।
चिनियाँ अधिकारीहरूले यी परिवर्तनहरूको सार्वजनिक छलफललाई आमाबाबु र अरूले रोक्नको लागि दबाइरहेका छन्। पछिल्ला केही महिनाहरूमा तिब्बतमा चिनियाँ अधिकारीहरूले गरेको कार्यले तिब्बती धार्मिक नेताहरू र केन्द्रीय तिब्बती प्रशासनले आलोचना गरेको छ।
जनवरीमा, लिंग रिम्पोचे (दलाई लामाका शिक्षकको पुनर्जन्म)ले तिब्बती बौद्ध साहित्य र बौद्ध पहिचानको विनाशको लागि दलाई लामाको दरबार, ठूलो संख्यामा मठहरू र ऐतिहासिक र धार्मिक मूल्यका बुद्ध मूर्तिहरू नष्ट गरेको भन्दै चीनको चर्को आलोचना र घटनाको निन्दा गरेका थिए।


