२० कार्तिक २०८३, बिहीबार

बुढीगण्डकी आयोजना आफै बनाउने देउवा सरकारको माइलस्टोन निर्णय, कामै नगर्ने चिनियाँ कम्पनीको ठेक्का रद्ध

एसीपी संवाददाता

२४ चैत्र २०७८, बिहीबार २३:१६ मा प्रकाशित

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना आफै बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बुढीगण्डकी चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय खारेज गरेको हो ।

अब सरकार आफैले यो आयोजना बनाउनेछ। यसअघि पनि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले यो आयोजना नेपाल आफैले बनाउने निर्णय गरेका थिए । तर चीनप्रति झुकाव राख्ने तत्कालीन नेकपा सरकारले चीनलाई सुम्पिएको थियो ।

त्यसलाई फेरि प्रधानमन्त्री बनेर देउवाले करेक्सन गरेका छन् । र यो निर्णय सरकारको माइलस्टोन निर्णयका रुपमा लिइएको छ । अब यो आयोजना नेपाल आफैंले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x