१४ मंसिर २०८३, आईतवार

यस्ता काम कम्युनिस्ट नेताहरू मात्र गर्न सक्छ्न

एसीपी संवाददाता

२४ चैत्र २०७८, बिहीबार २३:२१ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना सम्धीलाई मन्त्री बनाएका छन् ।

माधव नेपालको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको सम्धी नाता पर्ने अधिवक्ता गोविन्द बन्दीलाई कानुन मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दीले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त कानुनमन्त्री बन्दीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री देउवाले कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएर कानुनमा बन्दीलाई ल्याएका हुन् ।

माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ साँढु भाइ हुन् । यस हिसाबले बन्दी पनि माधवका सम्धी पर्छन् । बन्दीलाई ल्याउन माओवादीले पनि दबाब दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x