१४ मंसिर २०८३, आईतवार

ईमरान खान विरुद्ध अबिश्वास प्रस्ताव पास

एसीपी संवाददाता

२७ चैत्र २०७८, आईतवार ०२:१४ मा प्रकाशित

इमरान खान विरुद्ध अविश्वास प्रस्ताव:पास भएको छ ।  पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन्। आइतवार पनि त्यस्तै भयो र चौथो वर्षमा इमरान सरकारले पनि बाटो  बिराएको छ      ।

अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तानको राजनीतिमा आइतबारको दिन इतिहासमा लेखिएको छ । इमरान खान देशमा अविश्वासको प्रस्तावमार्फत सत्ता गुमाउने पहिलो प्रधानमन्त्री बनेका छन् । ३४२ सदस्यीय राष्ट्रिय सभामा १७४ सांसदले इमरान सरकारको विपक्षमा मतदान गरेका थिए । तर, यो सत्ता परिवर्तनको साक्षी सारा विश्व बनेको छ, तर यससँगै फेरि एकपटक भारत–पाकिस्तान सम्बन्धमा प्रश्न उठेको छ । विशेष गरी जब इमरानले सत्ता गुमाउनुअघि भारतको प्रशंसा गरेका थिए।  अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताए । उनले १० अप्रिल १९७३ मा नै पाकिस्तानको संविधानलाई संसदले पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंहरुलाई स्वागत छ । कुनै पनि कुरा असम्भव छैन ।’

प्रश्न यो छ कि भारतको दृष्टिकोणबाट पाकिस्तानमा सरकार परिवर्तनको अर्थ के हो? भारत सधैं पाकिस्तानको गणितमा संलग्न छ। यसै क्रममा इमरान खानले भारतको विदेश नीतिको प्रशंसा गर्दै पाकिस्तानी सेनाको विदेश नीति र सुरक्षा नीतिलाई लिएर प्रश्न उठाएका छन् । खानको यो कदमले रावलपिण्डीलाई पनि पहिलेको भन्दा बढी समस्यामा पारेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x