१४ मंसिर २०८३, आईतवार

चीन सरकारका आशमा बनाउन सकिएन भक्तपुरमा वीर अस्पताल , अर्को दाता खोज्नु पर्ने : स्वास्थ्यमन्त्री खतिवडा

एसीपी संवाददाता

२७ चैत्र २०७८, आईतवार ०३:५८ मा प्रकाशित

चीनलाई “युनिभर्सल डोनर”को उपाधी दिलाउन तम्सिएका कम्युनिस्टहरुलाई सोध्न जरूरी छ । भारत संगको बैमनस्यता र चीनसंगको सामिप्यताको सामूहिक उपलब्धि के भएको छ र ?

सीमा नाकामा जति कड़ाई गरिए पनि कोरोनाको लक डाउनमा पनि भारत-नेपालको सिमानाकामा मानवीय संवेदनाका खयाल गरि आवतजावत भई नै रहयो । भारतले रोक्न चाहेको भए हावा पनि रोक्न सक्ने सामर्थ्य छ नै । तर सनातन कालदेखीको सम्बन्ध जुन जनस्तरमै स्थापित छ त्यसलाई कहिल्यै भारतीय पक्षले तोड्न चाहेको प्रमाण खोजेर पनि भेट्न सक्तैन ।

उता चीनले अघोषित नाकावंदी गरेर नेपाली र नेपाललाई चीन्न पनि छोड़ीसकेको छ । उसलाई पहिला आफ्नो चिंता छ । आफ्नो सुरक्षाको पूर्ण प्रत्याभुत भैसकेपछि मात्र अरुले खाना खाए की भोकै छ भनि हेर्न आँखा खोल्ने चीनले कोविडकालको त्रास देखाएर अझ नाका ठप्प राखेकोमा गएर बहादुरी देखाउ ।

चीनबाट आउने सहयोगको मुख ताकेर बसेकै कारण देशमा कैयन विकासीय आयोजनाहरु अलपत्र भएका छन । कति वेला चीनीया सरकारको भीख दिने मुड बन्छ अनि हामी बाल्टिन थाप्ने भनि हेरी बसेका हाम्रा नेताहरु र सरकारका मंत्रीहरुले स्वयं वास्तविकता उजागर गर्न थालेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण हालसम्म भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको स्वीकार गर्नुभएको छ । गत ८ गते मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले यस्तो टिप्पणी गर्नुभएको थियो ।

चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि चिनया सरकारको सहयोग नपाएकै कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताउनुभएको हो । नभए अर्को विकल्पहरु माथी चर्चा शुरु गर्न सकिन्थ्यो ।

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेला यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने पनि उहाँले बताउनुभएको छ ।

उहाँले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाता खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्नुपर्ने पनि बताउनुभयो । चीनको भर परे आफैले खाल्डो खनेर आफै पुरिनु पर्ने अवस्था आउन सक्ने प्रष्ट भैरहदा हामि चीनको लोभि नजर र पापी नियतको पर्दाफास गर्न सक्नु पर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x