२१ कार्तिक २०८३, शुक्रबार

दुई दिनमा १०० करोड कमाई

एसीपी संवाददाता

४ बैशाख २०७९, आईतवार ०६:४९ मा प्रकाशित

बिहीबार रिलिज भएको  दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ। चलचित्रको हिन्दी भर्सनले मात्रै दुई दिनमा १०० करोडको आँकडा पार गरेको छ।

पहिलो दिन ५३.९५ करोडको व्यापार गरेको हिन्दी भर्सनले दोस्रो दिन शुक्रबार ४६.७९ करोड कमाइ गरेको हो।

बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले पहिलो दिन भारतमा मात्रै १३४ करोड ५० लाख बराबरको व्यापार गरेको थियो।

चलचित्रले चार दिनमा १८५ करोडको आँकडा पार गर्नसक्ने तरण आदर्शले बताएका छन्।

प्रशान्त नीलको निर्देशन रहेको चलचित्रमा यश मुख्य भूमिकामा छन्। यस्तै बलिउड स्टार सञ्जय दत्त र रवीना टण्डनको पनि चलचित्रमा अभिनय रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x