१४ मंसिर २०८३, आईतवार

५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय

एसीपी संवाददाता

५ बैशाख २०७९, सोमबार ००:३९ मा प्रकाशित

सन् २०१७ यता बेपत्ता उइग्युर पत्रकारलाई ‘राजनीतिक अपराध’ को अभियोगमा चीनमा १५ वर्षको सजाय सुनाइएको खुलासा भएको छ । अमेरिका भर्जिनियामा बस्ने आफ्ना छोरालाई भेटेर सन् २०१७ मा फर्केयता उइग्युर पत्रकार कुरबान ममुत बेपत्ता रहेको जनाइएको छ ।

चिनियाँ अधिकारीहरूले उनको कारावासको सजाय र अदालतको फैसला गोप्य राखेको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने मुसलमान अल्पसङ्ख्यक उइग्युरमाथि हुने अदालती कारवाहीबारे परिवारलाई जानकारी नदिइने बताइन्छ ।
https://youtu.be/cnOZVyGhqAA
‘यतिका प्रयास गर्दा पनि मैले आफ्ना पिताबारे सूचना पाउन सकिनँ ।’ ममुतका छोरा बहराम सिन्टासलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।

बल्ल गत फेब्रुअरी महिनामा आफ्नी दिदीबाट पितालाई १५ वर्ष जेल भएको थाहा पाएको उनले बताए ।

उनलाई ‘राजनीतिक अपराध’ को अभियोगमा जेल सजाय भएको प्रहरीलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x