७ कार्तिक २०८१, बुधबार

थप पाँच जना कोरोना संक्रमण

एसीपी संवाददाता

७ जेष्ठ २०७७, बुधबार ०९:०० मा प्रकाशित

धनकुटामा थप पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार गरिएको परिक्षणमा तीन स्वास्थ्यकर्मी, एक स्वास्थ्यकर्मीका श्रीमान् र एक प्रहरी गरी ५ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरुको उमेर २८ देखि ३७ वर्षसम्मको छ ।

स्वाबको नमुना लिइएपछि नै उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए । जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबार ८३ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो  यसैबीच कोरोना भाइरस संक्रमित पुष्टि भएका संक्रमितहरुलाई विराटनगरस्थित कोरोना विशेष अस्पतालमा लैजाने तयारी गरिएको छ 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x