१४ मंसिर २०८३, आईतवार

चीनको स्वार्थमा जुटदै फुटदै कम्युनिस्ट पार्टीहरु

एसीपी संवाददाता

१२ बैशाख २०७९, सोमबार ००:४८ मा प्रकाशित

स्वाभिमानका रटान रट्नेहरुमा नेपालका कम्युनिस्ट कहलाउदा पार्टीहरु आफुलाई प्रतिलिपि अधिकार नै प्राप्त छ भने ठान्दा रछन । उसले राष्ट्रवादी नारालाई उग्र रुपमा प्रयोग गर्दै अन्य दल र तिनका नेताहरुलाई भएभरका गालि दिने गरेका छन ।

भ्रष्टाचार र बेथिति बिरुद्ध बयानबाजी र नाराबाजीको पङ्क्तिमा सबभन्दा अगाडी उभिने कम्युनिस्ट पार्टीहरु आफैले शासन गर्ने अवसर पाउँदा निर्लज्जताको सीमा पार गर्ने गरेका छन । र यो कुनै एक दुई पल्ट अचानक अन्जानमा भएको पनि हैन । बड़ो शानका साथ  राष्ट्रीय गरिमा र आफ्नै वोली बेचेर अभिमान गर्ने गरेको देख्न सकिन्छ ।

आत्मसम्मानका पक्षधर भएर साहसका साथ वैदेशिक हस्तक्षेपको बिरुद्ध जुन पार्टी र संगठनको जग बसालिएको हो उसैले गर्ने कैयौं महत्वपूर्ण निर्णयहरु विदेशी प्रभावमा लिइएको भनि सुन्न पाउने भाग्यमानी जनता नेपाल कै हुन । यो समाचार पनि पढ्नुहोला    कम्युनिस्ट हातमा लिएर बीआरआईमार्फत नेपाल डस्ने यस्तो थियो चीनको षडयन्त्र, बाहिरियो ऋणमा डुबाउने योजना

सत्ता संघर्ष र आन्तरिक राजनीतिले नेकपा बाट फुटेर एमाले र माबोबादी केन्द्र बनेका नेपालका दुई ठुला कम्युनिस्ट पार्टी फेरि नजिकिन सुरु गरेका छन । एमाले अध्यक्ष के पि शर्मा ओलि र माबोबादी अध्यक्ष प्रचण्ड बिच राजनैतिक समीकरण र चुनाव अघि पार्टी  बिचको कार्यगत एकता अघि बढाउने विषयमा सम्बाद सुरु गर्न थालेका छन ।

फुटपछि भेटघाट र सम्बाद नै बन्द गरेका ओलि प्रचण्ड बिच विभिन्न चरणमा भेट बार्ता भइ सकेको खबर आएको छ। उनिहरुले सम्पर्क माध्यम बाट बढी निकटता बढाइ रहेका छन ।दुई पार्टी  मिलाउन चीनले ठूलो शक्ति लगाइ रहेको छ । विशेष गरेर अमेरिकी सहयता संस्था एम सि सि का कारण पनि ओलि प्रचण्डको निकटता बढेर गयको छ।एम सि सि को बिरोधमा काङ्ग्रेस र एमाले बाहेक सबै कम्युनिस्ट एक ठाउँमा उभिन बाद्य पारेको चिनले पछिल्लो पटक एमाले लाई पनि कुटनैतिक दबाब दिन सुरु गरेको छ।

नेकपा (मावोबादी केन्द्र )नेकपा (एकीकृत समाजबादि) ,मजदुर किसान पार्टी ,रास्ट्रिय जनमोर्चा बिप्लब ,मोहन बैद ,सि पि गजुरेल ,आहुती लगाएतले नेतृत्व गरेका दल र राजनैतिक पार्टी हरुलाइ कुटनैतिक र आर्थिक दबाब मार्फत चिनले एम सि सि को बिरोध मा उत्रन शक्ति प्रयोग गरेको विदित भैसकेको छ।उनिहरु मार्फत चीन नेपालमा एम सि सि विरुद्ध आफ्नो गतिविधि लाई सकृय पारी रहेको छ।प्रधानमन्त्री शेर बहादुर देउवा लाई एक्लो बनाएर सबै कम्युनिस्ट पार्टी लाई आफ्नो बसमा राख्न सकृय भएको चिनले अब नेकपा एमाले माथी कुटनैतिक दबाब दिन सुरु गरेको छ। एम सि सि सफल हुन नदिन र आउने निर्वाचन मा सबै कम्युनिस्ट पार्टीहरुलाई एक गराएर चुनावमा सामेल गराउन रणनीतिक रुपमा लागि परेको चिनले प्रधानमन्त्री शेर बहादुर देउवा नेपाली काङ्ग्रेस सङको हालको कम्युनिस्ट हरुको सत्ता गठबंधनलाई टुटाउन खोजिरहेको छ।

चिनको अहिलेको उदेश्य भनेको एमालेको नेतृत्वमा कम्युनिस्ट सरकार बनाउने हो।यसका लागि उसले एमाले अध्यक्ष केपि शर्मा ओलि लाई प्रयोग गर्न खोजी रहेको छ।चुनाव नजिकिदै गर्दा कम्युनिस्ट हरुको एकता प्रयास गराउन चिनको प्रयासलाई अर्थ पुर्ण रुपमा लिन सकिन्छ।२०७४ को निर्वाचनमा तत्कालीन नेकपा (एमाले )मावोबादी केन्द्र ,रास्ट्रिय जनमोर्चाले गठबन्धन गरेर चुनाव लडेर भारी बहुमत ल्याएर सरकार निर्माण गरे साढे तीन बर्ष सम्म सरकार चलाएको कम्युनिस्ट हरुको सत्ता स्वार्थ र आन्तरिक राजनीतिक किचलो ले सरकार पनि ढलो र पार्टी पनि बिभाजन भयो, यस कुरामा चिनले नेपाल मामिलामा आफू असफल भएको महसुस गरेकै हो।

तर फेरि अहिले आएर चिन एकाएक सक्रिय भुमिकामा देखिनु र प्रचण्ड र ओलिको भेटघाट सम्बाद बढ्नुले चुनाब अघि फेरि केही घटना क्रम दोहोर्याउने कुटनैतिक चाल चिनले चल्न सुरु गरेको अनुमान गर्न सकिन्छ। यस्का लागि दुवै कम्युनिस्ट पार्टी का दोस्रो तहका नेताहरुले पनि भुमिका निर्बाह गरिरहेका छन । चिनले कम्युनिस्ट पार्टीको एकता र आफ्ना स्वार्थका मुद्दा  लाई नेपालमा स्थापित गराउन कम्युनिस्ट पार्टी का सम्पुर्ण पहिलो र दोस्रो तहका नेतालाइ आफ्नो प्रभाव मा पार्न खोजिरहेको छ।चिनको यो कुटनैतिक चालले नेपालमा चुनाब अघि नै राजनैतिक समीकरणमा फेर बदल हुन सक्ने सम्भावना प्रबल भएर गएको छ ।

चिनको स्पष्ट रणनीति के देखिन्छ भने आउदो चुनावमा बाम गठबन्धन गराइ चुनाव लडाउने र नेपाली काङ्ग्रेस लाई एक्ल्याउने योजना मा उस्ले आफ्नो खेल खेलिरहेको छ।अहिलेको एम सि सि को बिरोध र केपि ओलि र प्रचण्ड बिचको सम्बाद र भेटघाटले यहि पुष्टि गर्दछ।यस मामिलामा चिनले आफ्नो सम्पुर्ण शक्तिलाई चुनाव अघि सम्म नेपाल केन्द्रित बनाउने योजनामा रहेको अनुमान गर्न सकिन्छ।

नेपालमा भारत संगको निकटतालाई समाप्त पार्ने बर्षौं देखिको षड़यंत्र चिनले रच्दै आएको कुरो थाहा भएकै हो । त्यसका लागि चिनले अरबौंको कथित बिकासीय आयोजना र करौंडोको दलिय लगानी गर्दै आएको छ । नेताहरुलाई मात्र नभै कर्मचारी, पत्रकार, नागरीक समाज, न्यायकर्मी लगायतका पेशाकर्मीलाई पनि चीनीया लगानी प्राप्त भैरहेको रिपोर्टहरु सार्वजनिक हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x