१४ मंसिर २०८३, आईतवार

अमेरिकी दबावमा चीनले रुसलाई दियो धोका

एसीपी संवाददाता

१३ बैशाख २०७९, मंगलवार ०२:५९ मा प्रकाशित

चीनले युक्रेनमा हमला गरिरहेको रुसलाई हतियार एवं गोला-बारुद नदिने बताएको छ ।

अमेरिकाका लागि चिनियाँ राजुदूत छिङ गेङले युक्रेनको युद्धमा रुसलाई सहयोग नगर्ने प्रस्ट पारेका हुन् । राजदूत छिङ गेङले रुसमा हतियार र गोला बारुद नपठाउने बताएको बीबीसीले जनाएको हो । बेइजिङले जारी संकटलाई मत्थर पार्न सबै उपाय अपनाउने पनि ग्याङको भनाइ थियो ।  त्यस्तै, गेङले अमेरिकी समाचार माध्यम सीबीएससँग कुराकानी गर्दै पश्चिमी मुलुकले रुसको निन्दा गरेर संकट समाधान नहुने र समाधानका लागि असल कुटनीतिको खाँचो रहेको पनि बताएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनफिङलाई रुसको समर्थन गरे परिणाम भोग्नु पर्ने चेतावनी दिएलगत्तै राजदूत गेङको अभिव्यक्ति आएको हो ।  गत हप्ता चीन रुसलाई हतियार पठाउन चीन तयार रहेको भन्ने समाचार आएको थियो । तर चीनले उक्त समाचारको खण्डन गर्दै त्यसलाई ‘कुप्रचार’ भनिसकेको छ । तर उसले युक्रेनमा हमला गरेको विषयमा रुसको हालसम्म निन्दा गरेको छैन । एजेन्सी न्युज यो पनि समाचार पढ्नु होला –    चीनले रुसलाई धोखा दिए पछि भारत सङ सहयोग माग्ने

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x