१४ मंसिर २०८३, आईतवार

बाईस जना चिनियाँ नागरिक माथि अनुसन्धान शुरु, अपराधिक कार्यमा सलग्न रहेको आशंका

एसीपी संवाददाता

१३ बैशाख २०७९, मंगलवार १५:५० मा प्रकाशित

अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए।

अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले जानकारी दिए । उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ ।

भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे/नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x