२० कार्तिक २०८३, बिहीबार

श्रीलङ्कामा औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित

एसीपी संवाददाता

१४ बैशाख २०७९, बुधबार ०२:११ मा प्रकाशित

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् । यो पनि समाचार पढ्नु होला –  श्रीलंका र पाकिस्तानलाई कंगाल बनाएर आफ्नो गोजी भर्यो चीनले, अफ्ठेरो पर्दा गरेन सहायता, ऋणको बदला सम्पत्ति कब्जाको रणनीति

दिनदिनै भएका सामग्रीहरु सकिँदै गएको तर आयात नभएकाले कसरी अगाडि बढ्ने भन्ने सङ्कटमा परेको डाक्टरले बताएका बीबीसीले जनाएको छ । अस्पतालहरुमा स्टक औषधि र मेडिकल उपकरण सकिँदै गएकाले उनीहरुले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

श्रीलङ्काले ८५ प्रतिशत स्वास्थ्य क्षेत्रका सामग्री आयात गर्दै आएको थियो तर आर्थिक सङ्कट चुलिएसँगै अहिले आपूर्तिमा कठिनाइ भएको छ ।   यो पनि समाचार पढ्नु होला –  चिनियाँ अतिवाद : तिब्बती भाषा पढाएको भन्दै विश्वविद्यालयका विद्यार्थी पक्राउ

औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियासमेत रोकिन थालेको छ । यसैबीच, श्रीलङ्का सरकारले ऋणदाताबाट कर्जा स्वीकृत गर्ने थप उपायबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा एक प्रतिनिधिमण्डल पठाएको छ ।

छलफल सफल भयो भने श्रीलङ्कामा आईएमएफबाट झन्डै चार अर्ब अमेरिकी डलर प्राप्त गर्ने आशा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x