१४ मंसिर २०८३, आईतवार

केपि ओलि भ्रष्टाचारी हुन प्रधानमन्त्री हुँदा यति र ओम्नीलगायत सङ मिलिमतो – नेपाल

एसीपी संवाददाता

१५ बैशाख २०७९, बिहीबार १२:४८ मा प्रकाशित

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतपक्षी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विभिन्न व्यावसायिक समूहसँग मिलेमतो भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् । 

एकीकृत समाजवादी र एकीकृत नेकपाबीचको एकता कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै नेपालले ओलीप्रति त्यस्तो आरोप लगाएका हुन् । ओली प्रधानमन्त्री हुँदा यति र ओम्नीलगायतका समूहसँग मिलेमतोमा अनियमितता भएको सन्दर्भ उल्लेख गर्दै नेपालले त्यस्तो आरोप लगाएका हुन् । ओली प्रधानमन्त्री भएको बेला नेपाल तत्कालीन नेकपाका वरिष्ठ नेता थिए ।

नेपालले पूर्वप्रधानमन्त्री ओलीको र व्यावसायिक समूहहरूको नामै किटेर त्यस्तो आरोप लगाएका हुन् । ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे । के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे, ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे । लुट्ने, चुस्ने काम केपी ओलीले गरे, देश र जनताको सेवा गर्ने काम हामीले गर्‍यौं,’ नेपालले भने, ‘दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍यौं । हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ, उनले दुरुपयोग गर्नुपर्छ भन्ने विचार ल्याए ।’

ओलीको आलोचना गर्दै नेपालले कामभन्दा पनि कुरामा मात्रै जोड दिएको बताए । उनले भने, ‘गफमा उनी अगाडि छन्, काममा हामी अगाडि छौँ । गफाडी नम्बर १ उनी, काममा अत्यन्त फास्ट हामी । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’

ओली नेतृत्वको एमालेले २०५१ सालको मनमोहन अधिकारीको सरकारका कामको जश लिन खोजेकोमा पनि नेपालले आपत्ति जनाए । २०५१ सालमा वृद्धभत्ता, अपांगता भत्ता, आफ्नो गाउँ आफै बनाउँ अभियानमा ओलीको कुनै भूमिका नभएको नेपालको भनाइ थियो । ती योजना र अभियानमा मनमोहन अधिकारी, आफ्नो र भरतमोहन अधिकारीलगायतको भूमिका रहेको तर ओलीको कुनै भूमिका नभएको नेपालको दाबी थियो ।

स्थानीय तह निर्वाचनमा एमालेलाई पराजित गर्ने पनि नेपालको दाबी थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x