सीमापार आक्रमणको विरोधमा अफगानिस्तानविरुद्ध पाकिस्तानको आपत्ति
इस्लामावाद । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादमा रहेका अफगानिस्तानका चार्ज डी अफेयरलाई बोलाएर सीमापार आक्रमणप्रति आपत्ति प्रकट गरेको छ।
अफगान सीमा सुरक्षा बलहरूबाट उक्साहट बढेकोमा गम्भीर आपत्ति व्यक्त गर्दै विदेश मन्त्रालयले एक विज्ञप्तिसमेत जारी गरेको छ। जसमा पाकिस्तानले त्यस्ता सीमापार गोलीबारी घटनाहरूको कडा निन्दा गरेको छ र जिम्मेवारहरूलाई कडा कारबाही गर्न माग गरेको छ।
पाकिस्तानले अफगान राजदूतसँग काबुल प्रशासनलाई सीमा क्षेत्रमा सुरक्षा उपायहरू बढाउन र त्यस्ता घटनाहरू हुन नदिन द्विपक्षीय सम्पर्कलाई अझ प्रभावकारी बनाउन आग्रह गरेको छ।
अप्रिल १४ मा चित्रालमा अफगानिस्तान पक्षबाट ५-७ घण्टासम्म जारी रहेको गोलाबारी र गोलीबारीमा पाकिस्तानी चेक पोस्टहरूलाई निशाना बनाएपछि घटनाक्रमहरु बढेको मिडिया आउटलेटले रिपोर्ट गरेका छन्। अफगानिस्तानबाट सीमापार ३५ वटा गोलाबारी गरिएको छ।
यसबाहेक, बिहीबार खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तानमा अफगान सीमा नजिकै आतंकवादीहरूले सैन्य काफिलामा आक्रमण गरेपछि सात पाकिस्तानी सैनिकहरू मारिएको इन्टर-सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको छ।
आईएसपीआरले सुरक्षा बलहरूले तुरुन्त प्रतिक्रिया सुरु गरेको र प्रभावकारी रूपमा संलग्न र चार आतंककारीहरूलाई मारेकोसमेत जनाइएको छ।


