९ आश्विन २०८३, शुक्रबार

लखनउ सुपर जाइन्टले पञ्जाब किंग्समाथि जित हासिल गर्‍यो

एसीपी संवाददाता

१७ बैशाख २०७९, शनिबार ०७:०४ मा प्रकाशित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले पञ्जाब किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा लखनउले पञ्जाबमाथि २० रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। लखनउका लागि ओपनर क्विन्टन डी ककले सर्वाधिक ४६ रन बनाउँदा दीपक होडाले ३४ रन बनाए। त्यस्तै दुश्मन्थ चमीराले १७, मोशिन खानले १३ तथा जेसन होल्डरले ११ रन बनाए।

बलिङतर्फ पञ्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिँदा राहुल चहरले २ र सन्दीप शर्माले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब १३३ रनमा समेटियो। पञ्जाबका लागि जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवालले २५, ऋषि धवनले २१, लियाम लिभिङस्टोनले १८ रन बनाए।

पञ्जाबलाई लक्ष्यसम्म पुग्न नदिन लखनउका मोसिन खानले ३ विकेट लिँदा दुश्मन्थ चमीरा र क्रुणाल पाण्ड्याले समान २ विकेट लिए। त्यस्तै रवि विश्नोइले १ विकेट लिए।

जितसँगै लखनउ ९ खेलबाट १२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने पञ्जाब ८ अंक जोड्दै सातौं स्थानमा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x