विदेशीका लागि युद्धपोतको फोटो खिच्ने चिनियाँ नागरिकलाई १४ वर्षको जेल सजाय
चीनको सर्वोच्च पीपुल्स प्रोक्युरेटोरेटले अप्रिल 16 मा कानून बमोजिम राष्ट्रिय सुरक्षा विरुद्धको अपराधलाई सजाय दिने चारवटा सामान्य मुद्दाहरूको सुनुवाई गर्यो ।
यि मुद्धाहरुमा एक फोटोग्राफरलाई जासुसी गरेको र गैरकानूनी रूपमा विदेशका लागि राज्यको गोप्य सुचना उपलब्ध गराएको अपराधमा ज्ञद्ध वर्षको जेल सजाय सुनाइएको छ । सैन्य बन्दरगाहहरू र युद्धपोतहरूको घडद्ध तस्बिरहरू खिचेर बिदेशीलाई पठाएवापत उनले RMB 40,000 रकम बुझेको पाइएको थियो ।
द पेपरले रिपोर्ट अनुसार 2019 मा, प्रतिवादी ह्वाङ XX ले WeChat मार्फत एक विदेशी व्यक्ति “सिस्टर क्यू” सँग मित्रता बनाएको थियो र “सिस्टर क्यू” को निर्देशनमा जुलाई 2019 र मे 2020 को बीचमा उसले फोटो फोटो खिचेर पठाएको पाइयो ।
ति फोटोहरु सैन्य बन्दरगाह नजिकैको समुद्र तट, र व्यावसायिक फोटोग्राफिक उपकरणहरू, सेल फोनहरू र सैन्य बन्दरगाहको वरिपरि युद्धपोतहरूका थिए ।


