१४ मंसिर २०८३, आईतवार

आचार्यको लोकप्रियता बढदै घरदैलो अभियान तीब्र

एसीपी संवाददाता

१८ बैशाख २०७९, आईतवार ०६:१३ मा प्रकाशित

नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगीता सुवेदी चुनावी घरदैलोका लागि आज कोहलपुर नगरपालिका एक कौशिल्या नगर पुगेका  छन्  ।

आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका आचार्य र सुवेदीले त्यसक्षेत्रका स्थानीयबासीको समस्या बुझ्दैै त्यसको सम्वोधनको प्रतिबद्धता जनाएका छन्  । युवा अनुहारलाई देखेपछि स्थानिय मतदाता पनि उत्साहित देखिएका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्या सुनाएका थिए । ति समस्या समाधान गर्ने युवा पुस्तालाई आफुहरुले मत दिने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले कोहलपुर नगरपालिकाको विकासका लागि युवा पुस्ताको विकल्प नभएको समेत बताएका छन् । सम्बद्ध र विकसित कोहलपुर नगरपालिकाकालाई सार्थक पार्न काँग्रेसलाई जिताउन आचार्य र सुवेदीले आग्रह गरेकी छिन्   ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x