१४ मंसिर २०८३, आईतवार

टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो

एसीपी संवाददाता

२२ बैशाख २०७९, बिहीबार १५:३७ मा प्रकाशित

एजेन्सी – छोटो भिडियो शेयर गर्न मिल्ने एप टिकटकले पाकिस्तानका ६५ लाख भन्दा धेरै भिडियो हटाएको पत्ता लागेको छ ।

कम्युनिटी गाइडलाइन इनफोर्समेन्ट रिपोर्टले जनाएअनुसार टिकटकले सन् २०२१ को पछिल्लो तीन महिनामा ६५ लाख ६३ हजार ५ सय ९४ भिडियोहरु हटाएको हो ।

योसहित टिकटकले विश्वभरबाट ८ करोड ५७ लाख ९४ हजार २ सय २२ वटा भिडियो हटाएको उक्त रिपोर्टमा उल्लेख छ ।

यसअनुसार टिकटकले सबैभन्दा धेरै भिडियो हटाएको मुलुकको सूचीमा पाकिस्तानको नाम तेश्रो स्थानमा आउने जनाइएको छ ।

उक्त रिपोर्टअनुसार तीमध्ये ९४ दशमलब १ प्रतिशत भिडियोहरु अपलोड भएको २४ घण्टा नबित्दै हटाइएको थियो भने ९५ दशमलब २ प्रतिशत भिडियोहरु कसैले रिपोर्ट गर्नुअघि नै हटाइएको थियो ।

यस्तै, ९० दशमलब १ प्रतिशत भिडियोमा कुनै भ्यु आउनु अघि नै हटाइएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x