८ बैशाख २०८३, मंगलवार

चीनले कोरोना कहर नै मौका हो भन्दै सगरमाथाको चुचुरोमा एकल कब्जा जमाउदै

एसीपी संवाददाता

२६ बैशाख २०७९, सोमबार ०२:४३ मा प्रकाशित

काठमाडौ । विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण आक्रान्त छ । यही बेला नेपालको उत्तरी छिमेकी चीनले महामारीलाई मौका भनेको छ ।

यही बेला मौका हो भन्दै चीनले सगरमाथाको चुचुरोमा एकल कब्जा सुरु गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा चीनले एकपक्षीय रुपमा एउटा लाइन हाल्ने बताएको छ।

सगरमाथा आरोहणको सिजन चलिरहेका बेला नेपालतर्फबाट जाने आरोहीसँग तिब्बततर्फबाट आउने आरोहीको सम्पर्क नहोस् भनेर चीनले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो चुचुरोमा एउटा लाइन हाल्न लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यसले चुचुरोलाई दुईभागमा लगाउने योजना बनाएको छ ।

अहिलेसम्मको इतिहासमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा छ भनिएको छ । सीमाना र जग्गा जमिन हेर्दापनि इतिहास देखि नै सगरमाथाको पानी ढलो नेपालतर्फ रहेकाले यो नेपालको भूभाग हो भनिएको छ ।

यही पानी ढलोलाई आधार मानिएको छ । तर अब चीनले बीचमा गल्छी बनाएर चुचुरो आधा आधा बनाउँने र आफ्नो दावी गर्ने योजनामा रहेको बुझिन्छ ।

तिब्बततिरबाट केही गाइडहरू सगरमाथाको चुचुरोतिर गइरहेको र उनीहरूले बाँकी आरोहीका लागि चुचुरोमा लाइन बनाउने समाचारमा उल्लेख गरिएको छ।

अहिले २१ जना चिनियाँ नागरिकहरू सगरमाथा आरोहणको क्रममा छन्। चुचुरोमा चिनियाँहरूले कसरी लाइन कोर्छन् र त्यो पालना कसरी गराउँछन् भन्ने खुलिसकेको छैन।

कोरोनाभाइरसको संक्रमण रोक्न चिनियाँ पक्षले यसपालि कुनै पनि विदेशीलाई आफ्नोतर्फबाट सगरमाथा आरोहणको अनुमति दिएको छैन।

गत वर्ष लकडाउनका कारण बन्द भएको सगरमाथा आरोहण यसपालि नेपाल सरकारले भने विदेशीहरूका लागि खुला गरेको छ। यसपालिको पहिलो चरणमा केही नेपाली आरोहीले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्।

आइस डाक्टरले सगरमाथा आरोहीका लागि डोरी राख्ने काम सकेका छन् । सगरमाथा आधार शिविरमा पुगेकालाई कोरोनाको संक्रमण भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भए पनि नेपाल सरकारले भने औपचारिक रूपमा त्यसबारे कुनै जानकारी दिएको छैन।

पर्यटन मन्त्रालयले सगरमाथा क्षेत्र कोरोनाबाट सुरक्षित रहेको बताएको थियो । सगरमाथाको उचाई फरक निकाल्न नेपाल र चीनले संयुक्त रुपमा सर्भे गरेका थिए ।

उक्त सर्भेपछि सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको थियो । तर रेखा कोर्ने काम भने चीन एक्लैले गर्दैछ । यो निक्कै सोचनीय विषय छ । राज्यले कुटनीतिक तरवरबाट तत्काल यसबाट जानकारी राखेर आवश्यक कदम चालोस् । साभार – जनबोली बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x