१४ मंसिर २०८३, आईतवार

लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति र प्रधानमन्त्रीले स्वागत गर्ने, पाँच हजार पाहुनालाई सम्बोधन

एसीपी संवाददाता

२८ बैशाख २०७९, बुधबार २२:४१ मा प्रकाशित

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने भएका छन् । मोदी १६ मे अर्थात जेठ २ गते बुद्ध जयन्तीका अवसरमा भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी आउने तय भएको छ ।

मोदीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

उनकाअनुसार पाँच हजार क्षमताको हलमा उपस्थितलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त समारोहमा नेपालमा हरेका सबै देशका राजदूत पनि सहभागी हुनेछन् । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले डेढ विघा क्षेत्रफलमा निर्माण भएको भारतीय मठको लोकार्पण गर्ने कार्यक्रम छ । लुम्बिनीमा मोलीको स्वागतका लागि चार वटा हेलिप्याड निर्माण गरिएको छ । मोदी हेलिकोप्टरमा आउनेछन् ।

मोदीको लुम्बिनी भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमामा जाँच सुरु गरिएको छ । लुम्बिनीका होटलमा बसेका आगन्तुकको रजिस्टर र संदिग्ध व्यक्तिहरुमाथि सोधपुछ सुरक्षा निकायले गरिरहेका छन् । प्रधानमन्त्री मोदीको दुई घण्टा लामो दर्शन तथा अन्य कार्यक्रमको समयमा मन्दिर परिसरमा आम मानिसलाई प्रवेशमा रोक लगाइनेछ ।

लुम्बिनी आइसकेपछि भारतीय प्रधानमन्त्री मोदीले सबैभन्दा पहिला मायादेवी मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि मन्दिर परिसरमै रहेको अशोक स्तम्भ अगाडि दीप प्रज्वलन गर्नेछन् । त्यसपछि भारतले निर्माण गरिदिएको बौद्ध बिहार मन्दिर शिलान्यास गर्नेछन् ।

यसपछि मोदीले त्यहाँ उपस्थित पाहुनाहरुलाई सम्बोधन गर्नेछन् । बुद्ध जयन्तीको शुभकामना दिनेछन् । सम्बोधनपछि मोदी र नेपालका प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलन गर्नसक्ने सम्भावना छ । लुम्बिनीमा मायादेवी मन्दिर र अखण्ड ज्योति दर्शन तथा सम्बोधनपछि मोदी उत्तरप्रदेशको कुशीनगर फर्किनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x