१४ मंसिर २०८३, आईतवार

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा जलविद्युत परियोजनासम्बन्धी सहकार्य प्राथमिकतामा

एसीपी संवाददाता

३० बैशाख २०७९, शुक्रबार २३:५७ मा प्रकाशित

काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा जलविद्युत लगायत द्विपक्षीय परियोजना प्राथमिकतामा रहेको जानकारी दिएको छ ।

मन्त्रालयका सचिव विनयमोहन क्वात्राले शुक्रबार नयाँदिल्लीमा पत्रकार सम्मेलन गरेर दुई देशबीचका विभिन्न परियोजनाहरुमा दुबै देशका प्रधानमन्त्रीले चर्चा गर्ने जानकारी दिए ।

नेपाल र भारत सम्बन्धको सम्पूर्ण दायरा फराकिलो रहेको भन्दै सचिव क्वात्राले लुम्बिनी भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच विविध विषयमा वार्ता हुने बताए । गत चैतमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्झौता भएका कनेक्टिभिटी, जलविद्युत परियोजनासम्बन्त्री सहयोगसहित समग्र द्विपक्षीय एजेण्डाहरुमा लुम्बिनीमा छलफल हुने उनले जानकारी दिए ।

नेपालको जलविद्युत परियोजना महत्त्वपूर्ण रहेको र भारतले नेपालमा जलविद्युतमा लगानी गरेको उनले बताए । जलविद्युत परियोजनामा सहकार्य विशाल रहेको र यसमा दुवै देशबीच वार्ता भइरहेको सचिव क्वात्राले उल्लेख गरे । यी सबै विषयमा दुबै प्रधानमन्त्रीले बोल्ने उनले बताए ।

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउँदैछन् । लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनदेखि भारतले बनाउने बौद्ध विहार शिलान्यासको धार्मिक कार्यक्रमका साथै प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय भेटवार्ता तथा संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x