१४ मंसिर २०८३, आईतवार

कैलालीका ६ पालिकामा गठबन्धन अग्रपङ्तीमा

एसीपी संवाददाता

१ जेष्ठ २०७९, आईतवार ००:२२ मा प्रकाशित

काठमाडौं। कैलालीका १३ मध्ये ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्। कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता छ ।

यस्तै चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा ९एस० को अग्रता रहेको छ । यसैगरी गौरिगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ ।

यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । घोडाघोडी नगरपालिकामा गठबन्धनबाट नेकपा (एस)का उम्मेदवारको अग्रता रहेको छ । जानकी गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

कैलालीको दुई स्थानीय तह बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

यसैगरी कैलारी गाउँपालिकामा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ, भने टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा रेसम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको अग्रता रहेको छ ।

सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढी उप( महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x