१४ मंसिर २०८३, आईतवार

बर्लिनमा भारतीय डायस्पोरा समुदायद्वारा भारतिय प्रधानमन्त्री मोदीको भव्य स्वागत

एसीपी संवाददाता

१ जेष्ठ २०७९, आईतवार ०९:०३ मा प्रकाशित

प्रधानमन्त्री मोदीले बर्लिनको होटल एडलन केम्पिन्स्कीमा आफ्नो आगमनको पर्खाइमा रहेका भारतीय समुदायका सदस्यहरूलाई भेट गरे । प्रधानमन्त्रीको आगमनमा धेरै बालबालिकाहरु पनि आफ्ना अभिभावकसहित होटलमा उपस्थित थिए । प्रधानमन्त्रीलाई देखेर जनताले ‘वन्दे मातरम्’ र ‘भारत माता की जय’ नारा लगाए । प्रधानमन्त्रीले एक सानी बालिकासंग पनि कुराकानी गरे जसले उनलाई आफ्नो तस्बिर प्रदान गरेका थिए।

उनले ति बालिकासंग तस्विर खिचे जसले उनलाई उनको आइकन भनिन् र उनको लागि पोर्ट्रेटमा हस्ताक्षर पनि गरे। तीन युरोपेली राष्ट्रको भ्रमणको पहिलो चरणमा आज बिहान प्रधानमन्त्री ओली जर्मनीको बर्लिन–ब्रान्डनबर्ग विमानस्थलमा आइपुगेका हुन् । भ्रमणमा आएपछि प्रधानमन्त्री मोदीले भ्रमणले भारत र जर्मनीबीचको मित्रतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x